तेस्रोलिंगी आनिक रानाको उम्मेदवारी दर्ता

तेस्रोलिंगी आनिक रानाको उम्मेदवारी दर्ता

रुपन्देही (पहिचान) असार ४ – असार १४ गते हुने स्थानीय चुनावमा तेस्रोलिंगी आनिक रानाले वडा अध्यक्षमा उम्मेदवारको मनोनयन पत्र दर्ता गराएकी छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ८ वाट रानाले वडा अध्यक्षमा उम्मेदवारको मनोनयन पत्र दर्ता गराएकी हुन्। नयाँ शक्ति नेपाल पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारको मनोनयन दर्ता गराएकी रानाले यो नै आफ्नो जित भएको प्रतिक्रिया दिइन।
“निर्वाचन कार्यालयका कर्मचारीले तेस्रोलिंगी सुनेकै थिएन, तपाई आउनु भयो, तेस्रोलिंगी पहिचान दिएर उम्मेदवारको मनोनयन दर्ता गर्ने तपाई नै पहिलो हुनुहुन्छ भनेको सुनाउँदै यमबहादुर राना आनिकले भनिन्, हातमा टिकट आयो, दर्ता गराए चुनावमा हार जित जे होला, मलाई यो नै मेरो जित हो भनेर खुशी लागेको छ।”
उनले आफ्नो उम्मेदवारी दर्ता समलिंगी तेस्रोलिंगीको जित भएको वताइन। “यसले प्रदेशको चुनावका लागि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई थप उर्जा प्रदान गर्ने रानाको विश्वास छ। महिला, पुरुष, आदिवासी, जनजाति, दलित मात्रै होइनन्, समलिंगी तेस्रोलिंगीले पनि उम्मेदवारी दिए भन्ने सन्देश गएको छ रानाले पहिचान अनलाइनसँग भनिन्, यसले समाज परिवर्तनमा ठूलो राहत पुग्छ भन्ने विश्वास छ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.