काठमाडौं (पहिचान) असार ९ – नेपाली कांग्रेसका नेता तथा वरिष्ठ राजनीतिक चिन्तक प्रदीप गिरिले समलिंगी तेस्रोलिंगीका समस्या पनि राष्ट्रिय समस्या भएको बताएका छन् । एपीवान टेलिभिजनको कार्यक्रम दिशानिर्देशमा पत्रकार विजयकुमार पण्डेसँगको कुराकानीमा चिन्तक गिरिले कुनै पनि नागरिकका समस्या राष्ट्रिय समस्या भएको बताए ।
‘तपाई सानो समुहका भनेर कुनै पनि मुद्धालाई नजरअन्दाज गर्नुहुन्छ भने त्यो तपाईले भविस्यका लागि छोडेको गम्भीर सम
स्या हुन सक्छ,’ गिरिले भने, ‘त्यसैले मधेशीको, जनजातिको समस्या वा समलिंगी तेस्रोलिंगीको समस्या भनेर राष्ट्र पन्छियो भने त्यसले ठुला समस्याको रुप लिन सक्छ ।’ उनले हरेक नागरिकको अधिकार माग्ने अधिकार रहेको भन्दै मधेसको वा अन्य सतहमा देखिएका समस्यालाई पन्छाएर हिड्ने प्रयास अहिले भइरहेको बताए ।
‘एउटा व्यक्तिले मलाई ‘गे राईट’ चाहियो भनेर भन्यो भने पनि त्यसलाई संबोधन गर्ने राज्यको दायित्व हो,’ गिरिले भने । उनले अहिले मधेसीका समस्या, जनजातिका समस्या, तेस्रोलिंगीका समस्या भन्दै राज्य पन्छने र समस्यालाई त्यही समुदायको मात्र समस्या भन्ने शैली देखाउने गरेको भन्दै त्यो गलत प्रवृति देखिएको बताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.