दैलो दैलोबाट हिंसा अन्त्य गर्ने आनिकको प्रतिवद्धता

दैलो दैलोबाट हिंसा अन्त्य गर्ने आनिकको प्रतिवद्धता

रुपन्देही (पहिचान) असार ९ – तेस्रोलिंगी आनिक रानाले विकास निर्माण भन्दा फरक चुनावी प्रतिवद्धता लिएर घरदैलो अभियान तिव्र पारेकी छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी रानाले दैलो दैलोबाट महिला, जातिय र लैंगिक हिंसा अन्त्य गर्ने चुनावी प्रतिवद्धता जनाएकी हुन् ।

“विजुलीको पोल गाड्दिन्छु भनेकी छैन, बाटो बनाइदिन्छु भनेकी छैन रानाले भनिन्, घरघरमा रहेको महिला, जातिय र लैंगिक हिंसा हटाउने मेरो पहल हुन्छ ।” उनी बाजागाजा सहित घरदैलोमा पुगेर मतदातासँग भोट मागिरहेकी छन् । मतदाताले नयाँ एजेण्डा लिएर आएको भन्दै भोट दिने आश्वासन दिएको रानाले वताइन ।

उनले तिलोत्तमा नगरपालिका वडा नम्वर ८ को ज्योती नगर, शान्ति नगर, दिपनगर लगायतका ठाउँमा विहानदेखि बेलुकीसम्म घरदैलो अभियान गरिरहेकी छन् । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमा रानाले नयाँ शक्ति पार्टीबाट वडा नम्वर ८ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।

उनले हार जित जे भए पनि उम्मेदवारी दिएर मतदाताको घरदैलोमा पुग्नु र लैंगिक हिंसा अन्त्यका लागि पहल गर्नु नै आफ्नो जित भएको प्रतिक्रिया दिइन । चुनावी प्रचारमा उनी एक्लै भने छैनन् । उनका अघिपछि दाया बाया कार्यकर्ताको ठूलै ताती लागिरेहको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.