निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीका विषय भाषण भन्दा गीतसंगीतले स्थापति हुन्छन् : गायक श्याम राना

तेस्रोलिंगीका विषय भाषण भन्दा गीतसंगीतले स्थापति हुन्छन् : गायक श्याम राना

920
SHARES

काठमाडौं (पहिचान) असार १० –  गायक तथा कलाकार श्याम रानाले यौंनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा राजनीतिक क्षेत्रले मात्र नभएर सांगितिक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा गायक रानाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजकै उत्पादन भएकाले कसैलाई विभेद गर्न नहुने बाताए ।

‘एउटै समाजका उत्पादन फरक स्वभाव भयो भन्दैमा उसलाई विभेद गरिनु हुँदैन,’ रानाले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरु यही समाजका उत्पादन भएकाले उनीहरुको स्वभावसहित समाजले स्वीकार्न जरुरी छ ।’ उनले विभेद हुनु भनेको नै अविकसित समाजको पहिचान भएको भन्दै समाजले आफ्नो इज्जतका लागि पनि कसैलाई विभेद गर्न नहुने बताए ।
तेस्रोलिंगीका लागि ‘खै त मलाई अधिकार नयाँ नेपालमा…’ बोलको गीत समेत गाइसकेका रानाले यौनिक अल्पसंख्यकका लागि अर्को सदावहार गीत पनि गाउँने तयारी गरिहेको बताए । ‘खैत मलाई अधिकार नयाँ नेपालमा समलिंगी तेस्रोलिंगीका विषयमा निकालिएको तीज भाकाको गीत थियो, तीजको भाका भनेपछि त्यो एक सिजनका लागि मात्र चल्ने गीत हुँदो रहेछ,’ रानाले भने, ‘त्यसैले म सदावहार शैलीको अर्को गीत गाउने तयारीमा छुु ।’ रानाले कला क्षेत्रमा थुप्रै समलिंगी तेस्रोलिंगी भएको पनि दावी गरे ।
‘कला क्षेत्रमा थुप्रै समलिंगी तेस्रोलिंगी साथीहरु मैले देखेको छु, कति खुलेर लाग्नु भएको छ, कति पहिचान लुकाएर लागि रहनु भएको छ,’ रानाले भने, ‘समलिंगी तेस्रोलिंगीहरु कला क्षेत्रमा पनि एकदमै प्रभावशाली देखिनुहुन्छ ।’ उनले धेरै फरक ढंगको पहिचान बनाइसकेकाले खुलेर आउन नचाहेको पनि बताए ।
‘पुरुष र महिला दुबैको स्वभाव मात्र हैन क्षमता पनि हुने भएकाले कला क्षेत्रमा उनीहरुको बढी निखारता पाउन सकिन्छ,’ रानाले भने ।

समाचार शेयर गर्नुहोस्
920
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.