नेपाली चलचित्रमा समलिंगी तेस्रोलिंगी सम्बन्ध

नेपाली चलचित्रमा समलिंगी तेस्रोलिंगी सम्बन्ध

काठमाडौं/पहिचान – यौनिक तथा लैंगिक अल्पसंख्यकले सँधै नेपाली चलचित्र उद्योग र चलचित्रकर्मीसँग गर्दै आएको एउटै गुनासो हो–समलिंगी तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा प्रस्तुत गरियो । र, अब यसको अन्त्य हुनुपर्छ । कलाको सशक्त माध्यम चलचित्रमा आफ्ना बारेमा राम्रो कुरा आओस र त्यसले समाजमा सकारात्मक छाप छोडोस् भन्ने चाहना हुनु अस्वाभाविक पनि होइन ।

कतिले उनीहरुको आग्रहलाई आत्मसाथ गर्ने प्रतिबद्धता पनि जनाए तर केहीको भने समलिंगी तेस्रोलिंगीलाई मात्रै होइन महिला, पुरुष या अन्य कुनै पनि व्यक्तिलाई चलचित्रमा हाँसोको पत्र बनाइएको हुन्छ । त्यसलाई आर्टका रुपमा बुझ्नुपर्छ ।
र, कतिले भने नियतबस हाँसो वा अपहेलना सिर्जना गर्ने वा खराव रुपमा प्रस्तुत गरिएको भए सेन्सरबोर्डले नै त्यसलाई सेन्सर गरेर प्रदर्शनका लागि अनुमती दिनुपर्ने धारणा पनि राखे ।
जेहोस् नियतबस हाँसाको पात्रका रुपमा प्रयोग गरिएको भए त्यसलाई आर्टका रुपमा लिन सकिन्छ तर गलत मनासयले नै नकारात्मक सन्देश दिन खोजिएको हो भने त्यस्तो प्रवृतिको विरोध हुने नै भयो ।
यद्यपी पछिल्लो पटक समलिंगी तेस्रोलिंगीलाई नेपाली चलचित्रले पनि सकारात्मक रुपमा प्रस्तुत गर्न थालेका छन् । सुरुका वर्षमा नकारात्मक रुपमा चित्रित गरिए पनि पछिल्ला वर्षमा भने यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा प्रस्तुत गर्न थालिएको हो ।
मुख्य विषय बनाएर मुख्य पात्र नै तेस्रोलिंगी र सलिंगीलाई बनाउन थालिएको छ । ‘सकुन्तला’ ले तेस्रोलिंगीलाई मुख्य विषय मात्रै बनाएन मुख्य पात्र नै तेस्रोलिंगीको भेषमा उतार्यो । राजेश हमाल तेस्रोलिंगी भएर चलचित्रको सुरु देखि अन्त्यसम्म पर्दामा नायकी निभाउँछन् । तर, विडम्बना यो चलचित्रका लेखकले तेस्रोलिंगी चरित्रलाई सकारात्मक रुपमा देखाउन खाजे पनि उनी स्वम् भने तेस्रोलिंगीबारे अलमलमा देखिन्छन् । उनले तेस्रोलिंगी भनेको के हो भन्ने नै थाहा पाएको देखिँदैन । यो चलचित्र हेर्दा स्पष्ट हुन्छ । यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र युट्युबमा उपलब्ध भएकाले हेर्न सकिन्छ ।
यो लिंकमा क्लिक गरेर पुरै चलचित्र हेर्न सक्नुहुनेछ
यस्तै समलिंगीलाई राम्रोसँग प्रस्तुत गरेको अर्को चलचित्र हो–‘आधा लभ’ । अर्पण थापाको लेखन तथा निर्देशन रहेकोे–‘आधा लभ’ मा समलिंगी सम्बन्धलाई देखाइएको छ । समलिंगी सम्बन्धमा रहँन खोज्दा खोज्दै पनि घर परिवारले समलिंगीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उनीहरु कसरी बाँचिरहेका छन् यसमा देखाइएको छ । समलिंगी भएर यसमा रेमनदास श्रेष्ठ र विपिन मिक्की गुरुङले अभिनय गरेका छन् । यो चलचित्रमा समलिंगी सम्बन्धलाई स्थापित गराउने प्रयास गरिएको छ । चलचित्र अघिल्लो महिना मात्रै अल नेपाल प्रदर्शनमा आएको थियो ।
हेर्नुस् ट्रेलर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.