विज्ञान भन्छ, समलिङ्गिलाई घृणागर्ने मानिसहरु मध्ये धेरैजसो आफै समलिङ्गि हुने संभावना वढि

विज्ञान भन्छ, समलिङ्गिलाई घृणागर्ने मानिसहरु मध्ये धेरैजसो आफै समलिङ्गि हुने संभावना वढि

सुनिल बाबु पन्त/पहिचान – दविएको-समलिङ्गि भावना र समलिङ्गि-घृणा विचको सम्वन्धको प्रमाण वैज्ञानिक अध्ययनहरले देखाएका छन्। यसलाई सरल भाषामा भन्नु पर्दा: जो समलिङ्गि नखुलेको छ ऊ वाटनै समलिङ्गि-घृणा हुने वढि संभावना हुन्छ। यसमा अचम्म मान्नु पर्ने कुरा नै के छ र।  २०१२ को एक अध्ययन, जो ‘ब्यक्तित्व र सामाजिन मनोविज्ञान’ जुर्नालमा प्रकासित भयको थियो, का अनुसार ऊनीहरुमानै समलिङ्गि-घृणाको स्तर वढि हुने गर्दछ जस्ले आफू भित्र भएका समलिङ्गि आकर्षणका भावनाहारलाई दवाएका छन्।

जस्को बुबा-आमा समेत समलिङ्गिप्रति घृणाको भाव राख्छन् उस्मा समलिङ्गिप्रति घृणाको स्तर झन्-झन् वढि हुने गर्दछ।

मुख्य सोधकर्ता, नेट्टा वाइन्सटाइन, लेख्छन्: “यस्ता व्यक्तिहरु जो आफ्नो पहिचान त विपरितलिङ्गि भएको बताउछन्, तर मनोवैज्ञानिक जांचमा उनिहरुमा समलिङ्गि-आकर्षण देखिन्छ भने, उनिहरु समलिङ्गि देखि तर्सिने गर्दछन् किनकि समलिङ्गिले उनिहरु भित्र रहेको यस्तैखाले-भावनाको याद गराइदिन्छन्।”

सह-सोधकर्ता  रिचर्ड रायनका अनुसार: “धेरै जसो घटनहरुमा यी व्यक्तिहरु द्वन्दमा हुने गर्दछन्,  भित्र आफैसंगको द्वन्द, र उनीहरु यो भित्रि द्वन्दको वाहिर प्रक्क्षेपण गर्दछन्, घृणावाट।”

यस्ता मानिसहरु जस्मा यस्ता असान्दर्भिक र अचम्मलाग्ने विभाजनहरु हुने गर्दछन्, जो वांडिएका छन् आफैमा: आफ्नो अवचेतन मनको आकर्षण र सचेत अव्स्थामा ‘म के हुं’ भनेर चिनाइरहेका हुन्छन्’, उनीहरु प्राय रुडिवादि घर-परिवारका हुने गर्दछन्।

यदि तपाई यस्तो बुबा-आमा हुनु हुन्छ जो साच्चिकै विश्वास गर्नु हुन्छ कि तपाईको वच्चा (पछि गएर) विपरित लिङ्गिनै हुन पर्छ, र तपाई जुनसुकै सर्तमा भएपनि आफ्नो वच्चालाई मान्न लगाउने कोशिस गर्नु हुन्छ कि “विपरित लिङ्गि हुनु मात्र राम्रो कुरा हो र तव मात्र उसको समाजमा मूल्य हुन्छ,” यो त सन्तानमाथि निकै नियन्त्रणगर्ने व्यवहार हुन जान्छ जस्ले गर्दा सन्तानको भित्र मनमा निकै द्वन्द उत्पन्न गराउंछ।

यस अध्ययनले खुलेका (जो जान्दछन् आफू समलिङ्गि हो भनेर) र नखुलेका (जो आफू समलिङ्गि हो भनेर थाहा छैन वा आफू समलिङ्गि हो भनेर मान्न तयार छैनन्) विचमा अनुसन्धान गरेर हेर्यो, जस्मा मानिसहरुले आफ्नो यौनिकता के हो भनिरहेका छन् र उनिहरुलाई दिइएको “छोट्टो समयमा सकाउनु पर्ने काम” मा उनीहरुको प्रतिकृया विचको फरकको जांच गरिएको थियो।

सोधकर्ताहरुले, प्रश्नावलति र छलफलका माध्यमवाट, देखिनेगरी हुने र नदेखाईकन हुने समलिङ्गिप्रतिको घृणाको पनि जांच गरेका थिए यस अध्य्यनमा।

सहभागिहरुलाई कम्प्युटरमा सव्दहरु र चित्रहरु देखाएर अध्ययन गरिएको थियो। ‘गे’,’स्ट्रेट’, ‘समलिङ्गि’ र ‘विपरितलिङ्गि’ शव्दहरु  साथसाथै विभिन्न तस्विरहरु देखाउनु भन्दा पहिला  दुई शव्दहरु ‘म’ र ‘अरू’ दिइएको थियो तुरुन्तै उठाएर देखाउनकालागि ।

परिणाममा आफूलाई विपरित लिङ्गि भनेता पनि मनोवैज्ञानिक जांचमा “कम-विपरितलीङ्गि’ पाइएकाहरु नै समलिङ्गिहरु माथि वढि आक्रामक पाइयो। अर्को शव्दमा भन्ने हो भने नखुलेका-समलिङ्गिहरुले नै अरु समलिङ्गिहरुलाई घृणा गर्ने सम्भावना वढि देखियो।

सोध कर्ताहरुले यो नै पहिलो अध्ययन भनेका छन् जस्मा वच्चाहरुको लालन-पालन र यौनिकताले कसरि समलिङ्गिप्रति घृणालाई आकार दिन्छ भनेर।

यस्तै, पहिलाको १९९६ को अध्ययन मा, समलिङ्गि यौन-आकृतिका चित्र वा फोटोहरु देखाउदा, तुलनातमक रुपमा, जो विपरित लिङ्गि त हुन तर समलिङ्गिलाई घृणा नगर्नेमा भन्दा जो आफूलाई विपरित लिङ्गि भन्ने तर समलिङ्गिलाई घृणा गर्नेहरुमा लिङ्ग उत्तेजान वढि नै पाईएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.