चलचित्रमा लगानी गर्न यौनिक अल्पसंख्यकलाई रावलको आग्रह

चलचित्रमा लगानी गर्न यौनिक अल्पसंख्यकलाई रावलको आग्रह

689
SHARES

काठमाडौं (पहिचान) साउन १० – चलचित्र निर्माता तथा कलाकार सुनिल रावलले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि स्वयम उनीहरु नै अगाडि आउनुपर्ने बताएका छन् । आफैं अगाडि नबढेसम्म अपेक्षित अधिकार पाउन कठिन हुने उनको भनाइ छ ।
निर्माता रावलले समलिंगी तेस्रोलिंगीका विषय चलचत्रिमा समावेश हुनुपर्ने बताउँदै सकारात्मक रुपमा सबै वर्ग तथा समुदायलाई प्रस्तुत गर्नुपर्ने बताए ।
“समलिंगी तेस्रोलिंगीका विषय समावेश भएनन् र नकारात्मक रुपमा मात्रै प्रस्तुत भए भनिरहँदा यो सँग सम्बन्धित संघसंस्थाले पनि यसबारे सोच्नुपर्छ,” रावल भन्छन्, “समलिंगी तेस्रोलिंगीको विषय चलचित्रमा सकारात्मक रुपमा प्रस्तुत गरेर समाजमा चेतना फैल्याउने खालका चलचित्रमा बनाउन लगानी गर्नुपर्छ । यसमा सबैले ध्यान दिनुपर्छ ।”
समलिंगी तेस्रोलिंगीका विषय नेपाली चलचित्रमा धेरै समावेश नहुनुको कारण व्यवसाय नै रहेको उनको भनाई छ । “चलचित्रमा ठूलो लगानी भएको हुन्छ । त्यसैले कस्तो विषय बस्तु दर्शकले मन पराउँछन् त्यसैलाई मध्यनजर गरेर विषयबस्तु चयन गरिन्छ । त्यसैले अहिलेसम्म मायाँ प्रेमका विषय नै धेरै उठाइएका हुन्,” रावल भन्छन् ।
समलिंगी तेस्रोलिंगीका विषय उठान गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यबसाय नगरेकै कारण यो विषय चलचित्रमा छायाँमा परेको उनको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्
689
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.