बिनोद वि.सी/रुपन्देही (पहिचान) साउन १५ – बिनिता शाही नाम नै काफी छ । रंगमञ्चको दुनियामा चर्चित नृत्याङ्गना शाही पहिलो पटक तीज गीतमा नाचेकी छन। स्टेज कार्यक्रममा सबै भन्दा अब्बल रहदै आएकी बिनितालाई यो पटक चर्चित उदघोषीका शितल शर्माले आफ्नो तीजको उपहार नमुना जोडीमा नचाउन सफल भएकी छन।
बिनिता पनि शितलको गीतमा जमेरै नाचेकि छन् । सबदेश सगै बिदेशमा पनि राम्रो डान्सर भनेर कहलिएकी शाही तेस्रोलिङ्गी हुन । आफु तेस्रोलिङ्गी भएकोमा गर्व गर्ने बिनिताले नेपालीको तीजमा आफु जम्ने दावी गरेकी छन् । तेस्रोलिङ्गी बिनिताले बिगत केहि बर्ष देखि स्वदेश र बिदेश स्टेजमा जम्दै आएकी छन् ।
अहिले सम्म बिनिताले कुनै म्युजिक भिडियो खेलिनन् तर पहिलो पटक शितल शर्मा नमुना जोडी मार्फत नै आफुलाई सार्वजनिक गरेकी हुन् । पहिलो पटक म्युजिक भिडियो खेल्न पाएकोमा दङ्ग पर्दै बिनिताले शितल शर्मा नमुना जोडीलाई नमुना म्युजिक भिडियो बनेको बताइन । यो पटक स्टेज जम्ने तीज गीत शिलत शर्माले बजारमा ल्याएको दावी गर्दै सबैलाई शितलको गीतसगै तीज मनाउन आग्रह गरिन ।
शिलत शर्माले नेपालका कलाकारले पनि तेस्रोलिङ्गी समुदायलाई अवसर दिनुपर्नेमा जोड दिएकी छन्् । सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमुना जोडी सार्बजनिक गरेकी हुन । बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्मले गरेको छ ।
जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन्, आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ । बुटवलकै कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूजले नै नृत्य निर्देशकको भूमिका निभाएका छन र सगुन शर्माको श्रृगार रहेको छ ।
बुटवलको चर्चित अम्रपालि ब्याङ्गकेटमा छायांकन भएको भिडियोले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ । उक्त भिडियोमा चितवनकी तेस्रोलिङ्गी महिला अन्जली थापा मगरलाई पनि देख्न सकिने छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.