तेस्रोलिंगी आनिकले संचालन गरिन् ‘परिवर्तन’ टेलिभिजन कार्यक्रम

तेस्रोलिंगी आनिकले संचालन गरिन् ‘परिवर्तन’ टेलिभिजन कार्यक्रम

कपिल ज्ञवाली/रुपन्देही (पहिचान) साउन २० – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या समाधान र यसको पहिचान स्थापित गर्नका लागि निरन्तर खटिरहने पात्रको नाम हो आनिक राना ।
तेस्रोलिंगी आनिकले यौनिक अल्पसंख्यकको पहिचान स्थापना गर्नका लागि बिभिन्न समयमा रचनात्मक काम गर्दै आइरहेकी छन् ।

समलिंगी तेस्रोलिंगीले पनि नागरिकता पाउनुपर्छ भनेर लामै लडाइ लडेकी आनिक संबिधानसभा निर्बाचन २०७० र स्थानीय तहको निर्बाचनमा उम्मेदबार बनेकी थिइन् ।
आनिकले बिस २०६२ बैसाख ६ गते बनाएको नागरिकतामा उनको लैंगिक महलमा पुरुष भनेर दिइएको थियो । पछि २०७३ बैसाख ५ गते लैंगिक महलमा पुरुष महिला नभनि ‘अन्य’ उल्लेख गरि पहिलो प्रतिलिपि पाउने उनी रुपन्देहीको पहिलो तेस्रोलिंगी पनि हुन् ।
समलिंगी, तेस्रोलिंगीहरुका लागि उनले पुन फरक पहिचान बोकेर टेलिभिजन कार्यक्रम समेत संचालन गरेकी छन् ।
मोफसलमा पत्रकारिताको राजधानी मानिने बुटवलको चर्चित बुद्ध सामुदायिक टेलिभिजनमा आनिकले परिवर्तन नामक एक टेलिभिजन कार्यक्रम संचालन गरेकी हुन् ।
टेलिभिजनको उत्पादनमा शुरु भएको सो कार्यक्रमका केहि श्रृङखलाहरुमात्र संचालन भएपनि त्यसको प्रभाबकारिता भने बढेको पाइएको छ ।
साप्ताहिक रुपमा संचालन हुने सो कार्यक्रम मंगलबार बेलुका ६ बजे, बिहिबार दिउसो १ र शनिबार बिहान साढे ९ बजे टेलिभिजनमा प्रसारण हुदै आएको छ ।
समाज परिबर्तनका लागि आफैबाट आरम्भ गर्नुपर्छ भनेर यसप्रकारको कार्यक्रम संचालन गरेको आनिकले बताइन् । उनले अगाडि थपिन्—‘समाजले हामीलाइ हेर्ने दृष्टि बदल्न सकेन,समान ब्यबहार गर्न सकेन यसलाई परिवर्तन गर्नका निम्ति मेरो संघर्ष जारी छ ।’
यसअघि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले समूदायको हक अधिकारका बिषयमा पहिलो टेलिभिजन कार्यक्रम संचालन गरेका थिए । तेस्रोलिंगी सन्ध्या लामाले एक बर्ष अगाडी संचालन गरेको टेलिभिजन कार्यक्रम आर्थिक अभावका कारणबीचमै प्रसारण बन्द भएको थियो ।

अहिले स्थानीय स्तरमा तेस्रोलिंगी आनिकलाई टेलिभिजन कार्यक्रम संचालनको अवसर प्राप्त भएकोमा यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन् । सबै समुदायलाइ समान रुपमा सम्मान र स्थान दिने उदेश्य अनुरुप टेलिभिजनमा तेस्रोलिंगीलाई कार्यक्रम संचालन गर्न दिइएको बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख बिष्णु भुसालले बताए ।

 

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.