समाबेशि के हो र नेपालमा यसको न्यायोचित प्रयोग कसरि हुन सक्छ भन्ने पाटो हेर्नु भन्दा पहिला सिमान्कृतता र समाबेशिताको पौराणिक प्रशङ्ग जोड्न चाहन्छु। माहाभारत यूद्ध जित्नकालागि पाण्डवहरुले इच्छामृत्यूको वरदान पाएका भिष्म पितामहलाई मार्न नसके पनि रणभूमिवाट जसरी पनि हटाउनु पर्ने हुन्छ। भिष्म पितामह महिलाको अगाडि शस्त्र-अस्त्र नचलाउने भएकाले कुनै महिला अगाडि ल्याउनु पर्ने हुन्छ उनलाई यूद्दमा जित्नकालागि। तर महिलालाई लडाईमा समावेश गर्ने प्रचलन त्यतिबेला नभएकाले दौपदिले आफू भिष्मपितामहको अगाडि कुरुक्षेत्रमा उभिने कुरा गर्दा पाण्डवहरुले स्विकार्दैनन्। त्यसैले शिखन्डिलाई अघि सार्ने कुरा हुन्छ। शिखन्डि जन्मदा महिला (शिखन्डिनी) भएर जन्मेको भएता पनि पछि कारणवस पुरुषको रुप धारण गरेका हुन् (जसरी आजकल धेरै तेस्रोलिङ्गिहरुले लिङ्ग परिवर्तन गरेर महिला वा पुरुषको रुप धारण गर्ने गर्छन्)। कृष्णलाई शिखन्डिको पछिल्लो रुप (शिखन्डिनी वाट शिखन्डि बनेको रुप)स्विकार गर्न र यूद्दमा समावेश गर्न कुनै समस्या भएन, तर भिष्म पितामह शिखन्डिको पछिल्लो बनेको “पुरुषको” रुपलाई स्विकार गर्दैनन् र शिखण्डि महिला “शिखन्डिनि”नै हो भन्ने अडानमा रहन्छन्। यस रुडिवादि अडानको परिणाम भिष्म पितामहले वांण नै वांणको मृत्यू-शैय्यामा वांकि जीवन घायल बनेर झेल्नु परेको थियो।
परिवार, समाज र राज्यमा बिध्यमान विबिध व्यक्तिहरुको, उनीहरुको चाहना र क्षमता अनुसार, सहज र सम्मानजनक सहभागितालाई नै सामान्य अर्थमा समाबेशी भनेर बुझ्न सकिन्छ। तर समाबेशीता त्यति सरल नभै निकै क्लिष्ट विषय हो। जस्तै भौगोलिक आधारमा आफूलाई सिमान्तकृत र बहिष्कृत ठान्ने मधेशी समूदाय भित्र पनि जात, लैङ्गिकता आदिका आधारमा यस समुदायका केहि तप्का थप बिभेदित भईरहेको हुन सक्छ। त्यस्तै बाहुन-क्षेत्रि-नेवार भनेर अधिकार-सम्पन्न समुदायका रुपमा चिनिने यस समुदाय भित्र पनि थप जातिय विभाजन, लिङ्ग वा यौनिक पहिचानका आधारमा बिभेद भईराखेको हुन सक्छ। दलित भित्रै पनि, महिला भित्रै पनि, जनाजाति भित्रै पनि, अपाङ्गता भएका समुदाय भित्रै पनि र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भित्र पनि एक-आपसमा बिभेद र सिमान्तिकरण बिध्यमान रहेको हुन सक्छ। त्यसरिनै अलग-अलग पृष्ठभूमीका आधारमा अलग-अलग “बिशिष्ट बर्गहरु” समाजमा हुने गर्दछन् । त्यसैले ‘बिशिष्ट बर्ग’ भनेर खास जातिलाइ मात्र औंला-देखाउनु समाजको गहिरो अध्ययन नगरिकन हचुवाको भरमा आफ्नो पनि जिम्मेवारी अरुमा थोपर्नु मात्र हो।
विभिधतालाई पनि नस्विकार्ने राज्य प्रणालि वा समाजलाई एकात्मक नश्लवादि वा एकात्मक जातिवादि वा एकात्मक धर्मवादि राज्य वा समाज भनेर चिनिन्छ। यी सवै नश्ल, जात, धर्म वा लिङ्गको आधारमा नेपालमा रहेका विभिद समुदायहरुलाई खास गरीकन २००७ को प्रजातन्त्र आएदेखि नै क्रमिक रुपमा स्विकारिदै आएको हो, तर नयां संबिधान-२०१५ लागु भए पछि औपचारिक रुपमै र बृहद रुपमा नै यी विभिदतालाई स्विकारेको छ नेपालले। तर के विभिधतालाई स्विकार्दैमा समाबेशिको ज्ञारेन्टि पनि हुन्छ त? हुंदैन। विभिधतालाई स्विकार गर्नु र समाबेशि सामज र राज्यसंयन्त्र स्थापना गर्नु को विचमा निकै ठूलो फरक हुने गर्दछ।
धेरैलाई लाग्ने गर्छ कि सिमान्तकृत वा बहिष्करणनै सामाजिक समस्या हुन् भनेर। तर सिमान्तकृत वा बहिष्करण आफैमा समस्या होइनन्, यी त समाजलाई आफ्नो नियन्त्रणमा लिन सफल र हाली-मुहालि गरी रहेका समाजका बिशिष्ट बर्गहरुको ईगो (अहङ्कार) संग जोडिएका विषय हुन्, यसै अहंकार रुपि समस्या (या कमजोरि)का परिणाम मात्र हुन्। यहि अहङ्कारले ‘डर’लाई जन्म दिन्छ, कि कतै “मेरो वा हाम्रो नियन्त्रण खोसिने त होइन? वा कतै मैले वा हामीले पाएको विशिष्ट स्थान, प्रतिष्ठा वा सुबिधा गुमाउनु पर्ने त होइन?” यस डरले नै यी वर्गहरु अनेक वितण्डा मच्चाउंछन्, अनेक बखेडा खडा गर्छन्। कहिले धर्म जोगाउने नाममा त कहिले राष्ट्रियता जोगाउने भनेर। आमाको नामवाट सन्तानलाई नागरिकता दिंदा राष्ट्रियता कमजोर हुन्छ भन्ने तर्क होस् वा तेस्रोलिंगीलाई अधिकर दिनु भनेको कलियूगको प्रतिक मान्नु वा दलित मन्दिर छिरे धर्म नष्ट भएर जान्छ भन्नु वा महिनावारि हुंदा महिला अपवित्र हुन्छन् भन्नु समाजका ‘विशिष्ट वर्ग’का यीनै डर वा अशुरक्षा भावका उपज हुन्। र यस्ता डर वा अशुरक्षा भावले वसालेका ‘सिमान्तकृत गराउने वा बहिस्कारमा पार्ने’ ठूला-साना थुप्रै उदाहरणहरु समाजमा व्याप्त छन्। जस्तै महिलाले पुरुषले जति काम गर्न सक्दैनन् वा परुष जति दिमाग लागाउन सक्दैनन् भन्नु, वा वाटो हिन्ने बेला तेस्रोलिंगीलाई देख्यो वा दलित लाई देख्यो भने साइत पर्दैन भन्नु, वा महिलाले “समाजमा” बोल्न हुंदैन, बोल्नै परे पनि सानो स्वारमा बोल्नु पर्छ (पोथि बास्यो) भन्नु, वा मर्दकी दशवाट भन्नु, वा लेंडे मगर भन्नु (जनजाति बुद्दु हुन्छन् भन्नु), छोराले मात्र पितृ तार्न सक्छन् भन्नु, आदि इत्यादि यीनै समाजका ‘विशिष्ट वर्ग’का मनिसका डर वा असुरक्षाका भावहरु प्रणालिगत रुपमा समाजका रिति-रिवाज वा प्रचलननै बन्न गएका मात्र हुन्। यस्ता विभेद, समान्तिकरण र बहिष्करणका रिति-रिवाज र प्रचलनहरुलाई कानुन, शिक्षा, राज्यसंयन्त्र र आर्थिक प्रणालिले पुष्ट पारेका हुन्छन्। जव सम्म यस्ता रिति-रिवाज र प्रचलनहरुलाई पुष्ट पार्ने कानुन, शिक्षा, राज्यसंयन्त्र र आर्थिक प्रणालिहरुको परिवर्तन हुदैन तव सम्म यस्ता विभेद, समान्तिकरण र बहिष्करणका रिति-रिवाज र प्रचलनहरुले निरन्तरता पाइनै रहन्छन्, र नेपालमा पाईनै राखेका छन्।
त्यसैले नेपालमा विभिधताको स्विकार्यता भएता पनि समाबेशिको प्रयोग भने भरखर सुरुवाति अबस्थामानै छ। पुरानै अडानमा रहने र विविध समुदायलाई समावेश नगर्ने केहि भिष्मपितामहहरुको पतन हामीले केहि वर्ष अघिमात्र नेपालमा देखेकै हौं। आफूलाई भिष्मपितामहको तप्कामा राखेर पतन तिर लाग्ने कि कृष्णले जस्तो समावेशिलाई अंगालेर माहाभारत जित्ने, एक पटक सबै ‘विशिष्ट बर्ग’ले सोच्नै पर्छ।
समावेशिको प्रयोग गर्दा यसका विभिद पाटाहरुलाई ध्यानदिनु पर्ने हुन्छ: जस्तै कानुनि, राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, आदि।
कानुनले सवै वरावर भनेर मात्र पुग्दैन, निकै पछाडि रहेका खास-खास समुदायहरु जस्तै तेस्रोलिङ्गि, महिला, दलित आदिलाई विशेष संरक्षणको पनि व्यबस्था गर्नु पर्ने हुन्छ। संबिधान लेख्दा तेस्रोलिंगी समूदायहरु “सिमान्तकृत” हुन् भेनर सुचिकृत गर्ने (अल्पसंख्यकमा नराख्ने), तर राजनितिक-लगायत आरक्षणको कानुन बनाउंदा “सुचिकृत अल्पसंख्यक”लाई मात्र पारेर ( सुचिकृत सिमान्तकृतलाई होइन) फेरि झुक्याउने काम भएको छ; त्यो ‘विशिष्ट वर्ग’को डरको पराकाष्टा नै हो। राजनैतिक रुपमा भरखर मात्र समावेशहुन खोजेका तेस्रोलिंगीहरुलाई दलहरुले वेवास्ता गर्ने होइन प्रोतसाहन सहित स्थान पनि दिनु पर्ने हुन्छ, जुन हुन सकिराखेको छैन नेपालमा। शैक्षिक क्षेत्रमा समाबेशिकालागि सबैखाले सिमान्तकृत बर्गहरुलाई निशुल्क उच्च शिक्षा मात्र भनेर हुदैन, उचित वातावरंण पनि तयार गर्नु पर्ने हुन्छ जस्तै: तेस्रोलिंगीहरुलाई कक्षा कोठामा वस्ने उचित व्यवस्था, सौचालयको सुविधा, महिनावारि हुदा छात्राहरुको उचित व्यवस्थापन आदि पनि पर्दछन्। आर्थिक समाबेशी गर्नकालागि तालिम र रोजगारी अवशरहरु, व्यवसाय गर्ने उचित वातावरण जस्तै रिण सुविधा, कर छुट आदिको व्यवस्था गर्नु पर्छ सरकारले। सामाजिक, सांस्कृतिक समावेशिकालागि खास जात-जाति लिङ्गका व्यक्ति वा समुदाय, जस्लाई परम्परागत रुपमा सिमान्तकृत गरिएको छ, लाई सहभागिताको सुनिश्चितता गर्ने गराउनेकाम राज्य, समाज र परिवार सबैले गर्नु पर्छ, जस्तै दलितलाई पनि मन्दिरको पुजा बिधि सिकाएर पुजारि बनाउने वा तेस्रोलिंगी र महिलाले पनि तर्पण गर्न पाउनु पर्ने आदि।
विभिधतालाई स्विकार गरेर वा कानुन बनाएर मात्र समाबेशिको ज्ञारेन्टि हुंदैन, खासगरी समाजका ‘बिशिष्ट बर्ग’ले नै आफ्नो डरलाई पहिचान गरी अहंकार त्यग्न सक्नु पर्छ। म वा हामी पनि उ वा ऊनीहरु जस्तै मानिस नै हौं; हामी सबैमा तात्विक फरक केहि पनि छैन, रगत सबैको रातो हुन्छ, चोट लाग्दा सबैलाई दुख्छ र सबै सुखिसंग बाच्न चाहन्छन् भन्ने बुझेर सबैलाई सम्मान गर्न सकियो भने “यो विशिष्ट बर्गले” आफ्नो भेदभाव गर्ने ‘कमजोर मानसिकता वा कमजोरि’ माथि विजय पाउन सक्छ। त्यसैले विभेद हुनु भनेको अल्पसंख्यकले दु:ख पाउनु त पछिको कुरा, पहिला त यो समाजका ‘विशेष वर्ग भनेर चिनिएका’ हरुको ‘कमजोरि’ नै हो जो मिथ्या दृष्टिका कारण आफ्नो कमजोरिलाई ‘बल’ ठान्दछन्।
धन्यवाद, नमस्कार!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.