काठमाडौं (पहिचान) असोज १६ – कलाकार बिक्रम शाहले समलिंगी तेस्रोलिंगीलाई कमजोर नआक्न सुझाव दिएका छन् । “उनीहरु पनि हामी जस्तै दाजु भाइ हुन, उनीहरुलाई होच्याउने होइन सकिन्छ भने अवसर दिनु पर्छ कलाकार शाहले पहिचानसँगको कुराकानीमा भने समलिंगी तेस्रोलिंगीलाई सम्मान गर्नुपर्छ ।”
उनले आफूले संचालन गरेको दोहोरीमा दुई जना तेस्रोलिंगीलाई जागिर दिएको वताए । “मैले केही समय अगाडि संचालन गरेको दोहोरीमा दुई जना तेस्रोलिंगी आउनु भयो, काम गर्न पाइन्छ भनेर सोधे शाहले भने मेरोमा मान्छेको अनुहार होइन क्षमता हेरिन्छ सकिन्छ भने म काम दिन्छु भने उनीहरुले राम्रोसँग काम गरे ।”
उनले समलिंगी तेस्रोलिंगीलाई हासोको पात्रको रुपमा चलचित्रमा देखाउन नहुने वताए । उनले आफू पनि हासोको पात्रको भूमिका निर्वाह गरेर चलचित्रमा नजान समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए । चलचित्रको मुख्य भूमिका निर्वाह गर्न सक्ने हुदाँ हुँदै हाँसोको पात्रको रुपमा प्रस्तुत हुन नहुनेमा कलाकार शाहको जोड छ ।
“मैले सुनेको छु अहिले तेस्रोलिंगी भूमिका श्रेष्ठ मुख्य भूमिका पाएर चलचित्रको छायाङकनमा हुनुहुन्छ शाहले भने, हो उनी जस्तै अरु समलिंगी तेस्रोलिंगी पनि मूख्य भूमिका निर्वाह गरेर चलचित्रमा आउनु पर्छ ।”
भकुण्डेमा एउटा स्कूल छ, स्कूलमा पढाउने एउटी मिस भन्ने बोलको गीत गाएर चर्चामा आएका शाहले यौनिक तथा लैंगिक अल्पसंख्यक सहित पीछडिएको वर्गलाई चोट पुग्ने शब्द प्रयोग गरेर गीत गाउन नहुने वताए ।
कलाकार शाहले लुकेर नबस्न आग्रह गर्दै आफूमा भएको क्षमता खुलेर प्रस्तुत गर्न समुदायका सदस्यलाई सुझाव समेत दिए । कलाकार शाह छिट्टै तीन वटा लोकगीत बजारमा ल्याउने तयारीमा छन् । उनी हाल कान्तिपुर टेलिभिजनको डिठ्ठा शाब टेलिचलचित्रमा अभियन गर्छन ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.