मिस्टर गे ह्याण्ड्सम २०१७ हुँदै : मिस्टर गे ह्याण्डसम २०१३ भन्छन्, अब समाजमा एड्भोकेसी गर्ने एकजना सदस्य थपिन्छन्

मिस्टर गे ह्याण्ड्सम २०१७ हुँदै : मिस्टर गे ह्याण्डसम २०१३ भन्छन्, अब समाजमा एड्भोकेसी गर्ने एकजना सदस्य थपिन्छन्

काठमाडौं (पहिचान) मंसिर ६ – मिस्टर गे ह्याण्ड्सम २०१७ हुने भएको छ । नील हिरा समाजको आयोजनामा हुन लागेको मिस्टर गे ह्याण्डसम २०१७ आगामी डिसेम्बर २१ तारिकमा काठमाडौंमा हुन लागेको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । देशभरका पुरुष समलिंगीहरु सहभागि हुने मिस्टर गे ह्याण्डसम प्रतियोगितामा शारिरिक मात्र नभएर मानसिक हिसावले पनि ट्यालेण्ट खोजी हुने ढकालले वताइन ।

’मिस्टर गे ह्याण्डसमले एउटा गेलाई ह्याण्डसम मात्र छनौट गर्ने छैन, समाजमा समलिंगी तेस्रोलिंगीको स्वीकार्यता बढाउन पनि भूमिका निर्वावह गर्ने छ,’ नेपालकै पहिलो मिस्टर गे ह्याण्डसम विश्वराज अधिकारीले भने, ’आगामी डिसेम्बर २१ तारिकमा हुने प्रतियोगिताले समाजलाई एउटा नयाँ अभियन्ता पनि दिने छ ।’ अधिकारीले मिस्टर गे ह्यायण्डसमको उपाधिजितेपछि सामाजिक अभियन्ताका रुपमा स्थापित भएको भन्दै अब आफूले पुरुष समलिंगीको अधिकारका लागि नयाँ अभियन्ता साथि पाउन लागेको बताए ।

’मिस्टर गे ह्याण्डसमको उपाधी जित्ने व्यक्ति एउटा व्यक्ति वा ह्याण्डसम प्याजेजेण्ट जस्तो मात्र हैन यहाँ समाजका लागि के गर्न सक्छ र मिस्टर गे वर्डको प्रतियोगि भएर देशको नाम पनि राख्न सक्छ वा सक्दैन भनेर छनौटको आधार बनाइन्छ,’ अधिकारीले भने, ’अब हुने मिस्टर गे ह्याण्डसमले नेपालका एलजीवीटीआई समुदायलाई सहज अवस्था निर्माण गर्न र विश्वमा नेपालको अवस्था र नाम चिनाउन भूमिका निर्वाह गर्ने छन् ।’ उनले नेपाल विश्वकै लागि संबैधानिक रुपमा उदाहरण बनिरहेको भन्दै त्यसको कार्यान्वयन र नयाँ अधिकारको वकालतका लागि पनि मिस्टर गे ह्याण्डसमको भूमिका रहने बताए ।

’नेपाल संविधानमा एलजीवीटीआइका अधिकार लेख्ने पहिलो मुलुक हो यहि कारण नेपालको नाम विश्वमै चर्चाको विषय बनेको छ,’ विश्वराजले भने, ’अब कानुनमा लेखाएर समलिंगी विवाहलाई मान्यता दिने र त्यसबाट पनि विश्वसामु देशलाई चिनाउने भूमिका अब हामीहरुको नैं हो ।’ उनले विगतमा आफूले मिस्टर गे ह्याण्डसम हुँदा सामान्य पुरस्कार पाए पनि अहिले हुने मिस्टर गे ह्याण्डसमले आकर्षक पुरस्कार पनि प्राप्त गर्ने बताए ।

अधिकारीले लुकेर बस्दा विगतमा आफूलाई पनि मनोबैज्ञानिक समस्या रहेको स्मरण गर्दै लुकेर बसेका युवाहरुलाई यही अवसरमा सार्वजनिक हुन र प्रतियोगितामा पनि भाग लिन आह्वान गरे ।

थप जानकारीका लागि यो लिंक खोल्नु होला  :  http://bit.ly/2znUpOF

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.