माल्भिकाको प्रश्न : किन मिष्टर गे ह्याण्डसममा भाग लिनु भएको ? (भिडियो सहित)

माल्भिकाको प्रश्न : किन मिष्टर गे ह्याण्डसममा भाग लिनु भएको ? (भिडियो सहित)

काठमाडौं (पहिचान) पुस ६ – मिष्टर गे ह्याण्डसमका १६ जना प्रतिष्पर्धीले उपाधी आफूले जित्ने दावी गरेका छन् । यही पुस ११ गते काठमाडौंमा हुन गइरहेको मिष्टर गे ह्याण्डसमका प्रतिष्पर्धीहरुले उपाधी जित्नकै लागि तालिम लिइरहेको वताए ।

पूर्व मिस नेपाल माल्भिका शुब्बाले सहभागी प्रतिष्पधीलाई दिएको क्षमता अभिवृद्धि तालिममा उनीहरुले समलिंगी पुरुषलाई समाजमा खुलेर आउने वातावरण सहज बनाउन मिष्टर गे ह्याण्डसममा सहभागी भएको वताए । लुकेर बसेका धेरै समलिंगी युवालाई खुलेर आउन प्रेरित गर्नु आफूहरुको लक्ष्य रहेको उनीहरुले वताए ।

उनीहरुले समलिंगीलाई देख्ने वित्तिकै तेस्रोलिंगी भनेर सम्बोधन गर्ने गरिएको भन्दै आफ्नो पहिचान स्थापित गराउन यो प्रतियोगिता सहयोगी हुने विश्वास समेत व्यक्त गरे । नील हिरा समाजले आयोजना गर्न लागेको प्रतियोगितामा सहभागीहरुले घर परिवारले स्वीकार्न सके समाज र राज्यले सहज रुपमा सम्बोधन गर्ने धारणा राखे ।

पूर्व मिस नेपाल माल्भिका शुब्बाले व्यक्तित्व विकासका विभिन्न पक्षबारे प्रशिक्षण दिइन । उनले किन प्रतियोगितामा सहभागी हुन आएको देखि हात मिलाउने, बस्ने तरिकासम्म सिकाइन । समलिंगी पुरुषलाई पूर्व मिस नेपाल माल्भिकाले दिइन तालिम हेर्नुहोस भिडियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.