जान्नुहोस समलिंगीसँग हुने नौ स्वभाव

जान्नुहोस समलिंगीसँग हुने नौ स्वभाव

देब श्रेष्ठ/पहिचान – संसारका सबै पुरुषसंग २५ प्रतिशत भन्दा बढी महिलाको गुण हुन्छ अनि महिलासंग पुरुषको गुण । अलि कता बंसानुगत अनि हामी जन्मेर हुर्केको पारिबारिक वातावरणले हामीलाई समलिंगी हुन सहयोग गर्दछ । एउटा बच्चा जन्मजात समलिंगी हुदैन । तर उसले बाचेको परिस्थितिले अनि उसले बाल्यकालमा भोगेको भोगाइले उसलाई समलिंगी बनाउछ । ब्यक्तिलाइ समलिंगी बनाउन प्रकृतिको थोरै अनि हाम्रो घर परिवार समाज अनि संस्कारनै बढी जिम्मेवार हुन्छ ।

मानबिय संवेदनाको कुरा गर्दा समलिंगीलाई विभेद गर्नु नराम्रो हो । किन्नर, तेस्रोलिंगी र समलिंगी फरक कुरा हो । समलिंगीहरु अरु पुरुष सरह सन्तान जन्माउन सक्छ्न । आफ्नु केटी साथी, यौन साथी वा पत्निलाइ शारीरिक र भावानात्मक रुपमा सन्तुष्ट बनाउन सक्छ्न ।

समलिंगीसंग केही खास कुराहुन्छ जो अरु संग कम मात्र पाइन्छ 

१. समलिंगीहरु उदार अनि फराकिलो स्वभावका हुन्छ्न ।

२. समलिंगीहरुसंग मातृत्व स्नेह हुन्छ छिटो दया देखाउछ्न, सहयोग गर्छन ।

३. केही केही लजालु हुन्छ भने केही केही अरुको ध्यान आफू प्रती केन्द्रित गर्न बोलक्कड हुन्छ्न ।

४. समलिंगीहरु आफू प्रती कम तर अरु प्रती बढी उत्तरदायी हुन्छन ।

५. समलिगीहरु अरुको बढी हेरचाह र स्याहार गर्ने स्वाभाब हुन्छ ।

६. समलिंगीहरु नृत्य, गायन, चित्रकला, कला अनि सुन्दरतामा पारखी हुन्छन ।

७. समलिंगीहरुको मन सफा अनि सुन्दर हुन्छ ।

८. समलिंगीहरु त्याग गर्न सक्छन । वीर अनि बफादार हुन्छन ।

९. समलिंगीहरु कोमल हुन्छन ।

बास्तबमा समलिंगी हुनु समस्या होइन यदि कोहि कसै आफु समलिंगी भएकै कारण आफुलाइ गलत सोच्नु हुन्छ फरक सोच्नु हुन्छ वा बेकार काम नलाग्ने सोच्नु हुन्छ भने त्यो गलत हो । आफ्नो सोचाइलाइ परिबर्तन गरेर समलिंगी अवस्थाको महसुसबाट बाहिर निस्कन सक्छौ । समलिंगी होइन पुरुष वा महिला लिंगी बन्न सक्छौ ।

(देब श्रेष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारको क्षेत्रमा कार्यरत छन्)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.