आफू समलिंगी भएको चर्चित ब्लगर लेक्स लिम्बुको खुलासा (भिडियो)

आफू समलिंगी भएको चर्चित ब्लगर लेक्स लिम्बुको खुलासा (भिडियो)

काठमाडौं (पहिचान) फागुन १३ – नेपाली मुलका चर्चित ब्लगर लेक्स लिम्बुले आफू समलिंगी भएको खुलासा गरेका छन् । आफ्नो जीवन, परिवार र पहिचानका बारेमा मार्मिक भिडियो सार्वजनिक गर्दै उनले आफू समलिंगी भएको खुलासा गरेका हुन् । उनले आफ्नो छोरा गे भन्दा परिवारलाई दुख लाग्न सक्ने वताएका छन् ।

भिडियो मार्फत उनले बुबा आमालाई आफू समलिंगी भएको सुनाउँदा कस्तो लाग्यो भनेर आमासँग गरेको कुराकानी समेत राखेका छन् । आमाले तिमी जस्तो छोराले बाबु आमालाई भन्न नसकेको भन्दै आँशु झारेकी छन् । आमाले लेक्सलाई भविष्यको शुभकामना समेत दिएकी छन् । लेक्सले बाबु आमाले आफ्नो कुरा बुझिदिएको आभार समेत व्यक्त गरेका छन् । “बाबाले फुस सपोर्ट गरिरहनु भएको छ आमाले भिडियो मार्फत भनेकी छन्, तिमीले सानो मन गर्ने कुरै छैन ।”

लेक्सले कुरा गरेर धेरै हल्का हुने वताएका छन् । “खास भिन्नता के हो ? मान्छेले बनाएको होइन र ?” लेक्सले भिडियो मार्फत प्रश्न गरेका छन् । अरुको कुराले आफूलाई कहिले पनि नरोक्न उनले सुझाव दिएका छन् ।

आमाले बुबाआमालाई आफू समलिंगी भएको बताउँदा भएको कठिनायी र आगामी दिनमा गर्नुपर्ने संघर्षबारे लेक्सले भिडियो मार्फत सार्वजनिक गरेका छन् । १७ मिनेट भिडियो मार्फत उनले अहिलेसम्मको सबै कहानी व्यक्त गरेका छन् । २५ बर्षिय नेपाली मुलका चर्चित ब्लगर लेक्स लण्डनमा बस्छन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.