निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विवेकशील–साझाको अबको अभियान तेस्रोलिंगीको अधिकार स्थापना पनि हुन सक्छ : सुबुना बस्नेत

विवेकशील–साझाको अबको अभियान तेस्रोलिंगीको अधिकार स्थापना पनि हुन सक्छ : सुबुना बस्नेत

779
SHARES

काठमाडौं (पहिचान) फागुन १४ – विवेकशील –साझा पार्टीकी केन्द्रीय सदस्य सुबुना बस्नेतले विवेकशील साझा पार्टीकोे अभियान अधिकारविहिनहरुको अधिकार स्थापना भएको वताएकी छन् । उनले अबको अभियान यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार स्थापना पनि हुन सक्ने बताइन । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यक सुमदाय अधिकार विहिन भएर बसिरहेको भन्दै अवको अभियान त्यो पनि हुनसक्ने बताइन् ।

‘विवेकशील–साझा पार्टीको अबको अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संविधानले दिएर कार्यान्वयन नभएका अधिकारको कार्यान्वयन पनि बन्न सक्छ,’ बस्नेतले भनिन्, ‘विवेकशील–साझा पार्टीका १२ विभाग मध्ये अभियान विभाग पनि एउटा भएकाले त्यही विभागले यसबारे निर्णय गर्ने छ ।’ उनले विवेकशील–सझा पार्टीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समावेस नभएको भन्दै समावेसीता तथा कानुन कार्यान्वयन विभागले त्यसबारे सोच्ने र अवका दिनमा पार्टीमा जोडिन आउने समलिंगी तेस्रोलिंगीलाई समावेस गर्ने बताइन् ।

त्यो अभियान कहिले देखि सुरु हुन्छ त ? भन्ने प्रश्नमा बस्नेतले आफू एक्लैले निर्णय गर्ने नभएर विभाग हुँदै केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भएकाले यही दिनबाट भन्ने जवाफ दिन नसक्ने बताइन् । ‘अहिलेनैं मैले जवाफ दिन पनि उपयुक्त हुँदैन, किन भने विभागीय जिम्मेवारी दिइएको छ,’ बस्नेतले भनिन्, ‘विभागबाट प्रस्ताव गरेपछि केन्द्रीय समितिले निर्णय गर्छ र त्यसको कार्यान्वयन पार्टीले एकमुष्टरुपमा गर्नेछ ।’

बस्नेतले आफू उद्यमशीलता विभागको संयोजक भएको भन्दै समलिंगी, तेस्रोलिंगीसहित अन्य समुदाय तथा व्यक्तिलाई उद्यमशीलताको प्रवद्र्धनमा सहयोग गर्नसक्ने बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि उद्यमशीलताका लागि सहयोग माग्न आएमा वा सल्लाह चाहिएमा सहयोगका लागि म तयार छुँ,’ सुबुनाले भनिन् ।

उनले भ्रष्टाचार विरुद्ध खरो उत्रिने सबैलाई विवेकशील–साझा पार्टीमा जोडिन वा अभियानलाई जोड्न आग्रह गर्दै सहकार्यको प्रस्ताव गरिन् । ‘हामि नष्ट हुन्छौं तर भ्रष्ट हुँदैनौं, यो अभियानमा हामीसँग जोडिन चाहनेहरु हामीसँग हातेमालको लागि आउनुहोस,’ उनले भनिन्, ‘तेस्रोलिंगी तथा समलिंगी र अन्य जोसुकै भएपनि हामी अभियानमा सहकार्यको अपिल गछौं ।’

समाचार शेयर गर्नुहोस्
779
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.