निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल सरकारले समलिंगी विवाहसम्बन्धी कानुन निर्माणमा गरेको आलटाल सिडाको एजेण्डा बन्छ : अधिकारकर्मी थापा

नेपाल सरकारले समलिंगी विवाहसम्बन्धी कानुन निर्माणमा गरेको आलटाल सिडाको एजेण्डा बन्छ : अधिकारकर्मी थापा

814
SHARES

काठमाडौं (पहिचान) फागुन १५ – महिला अधिकारकर्मी दुर्गा थापाले सबै प्रकारका हिंसा उन्मुलनसम्बन्धी महासन्धीको सम्मेलनमा सबै प्रकारका महिलाका विषयमा छलफल हुने बताएकी छन् । पहिचानसँगको कुराकानीमा अधिकारकर्मी थापाले नेपालमा महिलाका विषय कम हुँदा हुँदै पनि समलिंगी महिला र तेस्रोलिंगी महिला छुटिरहेको भन्दै सिडामा सबै प्रकारका महिलाको विषयमा छलफल हुने बताइन् ।

‘नेपालमा संविधानले समानताको हक पनि उल्लेख गरेको छ, सामाजिक न्यायको व्यवस्थासहित नागरिकतामा लैंगिक अधिकार पनि स्थापित गरेको छ, तर, त्यस अनुरुप व्यवहारमा लागू भएको छैन,’ थापाले भनिन्, ‘नेपालमा महिलाको अधिकारभित्र समलिंगी महिला र तेस्रोलिंगी महिलालाई समेट्न थालिएकै छैन ।’ उनले सबै प्रकारका हिंसासम्बन्धी महासन्धीको जेनेभामा सम्मेलन हुन लागेको भन्दै त्यहाँ सबै प्रकारका महिलाका विषय उठाउने बताइन् । नेपालबाट सम्मेलनमा भाग लिन जान लागेकी थापाले त्यहाँ नेपालका समलिंगी तथा तेस्रोलिंगी महिलाको अधिकारका क्षेत्रका समस्या राख्ने बताइन् ।

‘सिडाले समलिंगी तेस्रोलिंगी महिलालाई पनि महिलाकै स्थानमा राखेर काम गर्ने गरेको छ । तर, नेपाल त्यसको पक्ष राष्ट्र भएर पनि त्यसको पालना गरेको छैन,’ थापाले भनिन्, ‘त्यसको पालनाका लागि सिडाले दवाव दिन सक्छ ।’ उनले नेपाल सरकारले तयार पारेको र आफूहरुले तयार पारेका दुबै प्रतिवेदन जेनेभामा प्रस्तुत हुने भन्दै त्यहाँ पनि समलैंगिक वा इच्छाइएको व्यक्तिसँगको विवाह एजेण्डा बन्ने बताइन् । ‘विवाहले बैधानिकता नपाउँदा त्यसपछि जन्मएिको बच्चाले जन्मदर्ता एवं विद्यालय भर्नाहुँदादेखि नै विभेदमा बाच्न पर्ने हुन्छ, त्यसलाई सच्याउन विवाहलाई कानुनी मान्यता एकमात्र समाधान हुनसक्छ,’ थापाले भनिन्, ‘हाम्रो संविधानले सुनिश्चित गरेका कानुन निर्माणमा सरकारले आलटाल गरिरहेको छ, त्यसलाई पनि सम्मेलनमा नेपालको एजेण्डा बनाउन सकिन्छ ।’

समाचार शेयर गर्नुहोस्
814
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.