निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बाम गठबन्धनले समलिंगी विवाहलाई मान्यता दिन्छ : देवराज भार

बाम गठबन्धनले समलिंगी विवाहलाई मान्यता दिन्छ : देवराज भार

942
SHARES

काठमाडौं (पहिचान) फागुन २२ – नेकपा एमालेका नेता (अमर शर्मा) देवराज भारले समलिंगी विवाहलाई बाम गठबन्धनले बैधानिकता दिने बताएका छन् । पहिचानसँगको कुराकानीमा पूर्व सांसद समेत रहेका नेता भारले संविधानको कार्यान्वयन गर्ने सरकार बाम गठबन्धनको बनेकाले समलिंगी विवाहलाई कानुनी मान्यता दिने बताए ।

‘तीन तहको निर्वाचन मार्फत तीनतहका सरकार बनाउनु मात्र संविधानको कार्यान्वयन होइन,’ भारले भने, ‘संविधानले लेखेका सबै समुदायका अधिकार कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ ।’ उनले समलिंगीका अधिकारसहित धेरै समुदायले नयाँ संविधान अनुसार पाएका अधिकारका लागि आफ्नो पालामा कानुन बनाउन नभ्याएको बताए ।

‘हामीले संविधान जारी भएपछि संविधान अनुरुपका धेरै कानुन बनाउनु थियो,त्यस अनुरुप समलिंगी विवाहसम्बन्धी कानुन बनाउन भ्याएनौं,’ भारले भने, ‘अब बाम गठबन्धनको सरकार बनेको छ, त्यसले समलिंगी विवाह सम्बन्धी कानुन बनाउने छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली समलिंगी तेस्रोलिंगीबारे प्रस्ट भएकाले समलिंगी विवाहसम्बन्धी कानुन बन्नेमा ढुक्क हुन आग्रह गरे । ‘समलिंगी तेस्रोलिंगीहरुले विवाह सम्बन्धी सहित सबै कानुन निर्माणका लागि प्रधानमन्त्री र सरकारलाई सकारात्मक ध्यानाकर्षण गराउन आवश्यक छ,’ भारले भने ।

अधिकार भन्ने चिज अहिलेसम्म कसैले पनि एतिकै पाएको छैन, संसारमा अधिकारको इतिहास नैं संघर्षको छ,’ भारले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि संविधान अनुरुपका कानुन बनाउन र त्यो कानुनमा सबै कुराको सहि व्यवस्थापन गर्न सचेत दवाव आवश्यक छ ।’ उनले संविधान अनुरुप कानुन र कानुन कार्यान्वयनका लागि नियमावली र विनियमावली आवश्यक हुने भन्दै त्यसका लागि सरकारलाई झकझकाउने जिम्मेवारी सम्बन्धित समुदायले गर्नुपर्ने बताए ।

‘समलिंगी तेस्रोलिंगीको प्रत्यक्ष प्रतिनिधित्व नभएपनि संसदमा समलिंगी तेस्रोलिंगी बुझ्नेको पर्याप्त प्रतिनिधित्व भएको छ,’ भारले भने ।

समाचार शेयर गर्नुहोस्
942
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.