निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कार्यक्रम लिएर आउन यौनिक अल्पसंख्यकलाई वडाध्यक्ष राउतको आग्रह

कार्यक्रम लिएर आउन यौनिक अल्पसंख्यकलाई वडाध्यक्ष राउतको आग्रह

840
SHARES

काठमाडौं (पहिचान) चैत ३ – खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश राउतले समलिंगी तेस्रोलिंगी आफ्नो नगरपालिकामा कार्यक्रम तथा बजेट माग गर्न नआएको बताएका छन् । महिला पुरुषसँगै समलिंगी तेस्रोलिंगी पनि समाजमा रहेको भन्दै विभिन्न कार्यक्रममा जानकारी गराउँदा पनि कोही पनि नआएको राउत बताउँछन् ।

“हामी विभिन्न गाउँमा गएर महिला पुरुषसँगै समलिंगी तेस्रोलिंगी पनि समाजमा हुन्छन्, कोही हुनुहुन्छ भनेर भन्दा पनि कोही आउनु भएको छैन,” नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष राउत भन्छन्, “उहाँहरु आउनु भयो भने हामी हाम्रो बजेट र कार्यक्रमभित्र रहेर सहयोग गर्छौं ।”
“आफ्नो अधिकारका लागि आँफैं एकीकृत र संगठित भएर आएको खण्डमा हामी उहाँहरुलाई सहयोग गर्नेछौं उनले भने, उहाँहरुले ल्याएको कार्यक्रम हाम्रो कार्यक्रमसँग नमिले सच्याएर पनि सहयोग गर्नेछौं तर यसका लागि उहाँहरु आउनुपर्छ ।”

आफूले समलिंगी तथा तेस्रोलिंगी पहचिान गरेपनि उनीहरु खुलेर नआएको राउत बताउँछन् । “सायद समाजमा एक्लो भइने र घरपरिवार तथा समाजले पनि स्वीकार नगर्ने भएकाले पनि होला उहाँहरु पहिचान खुलाएर नआउनु भएको,” राउत भन्छन्, “आफ्नो अधिकारका लागि पहिला आफै आफ्नो पहिचान खुलाएर एकीकृत भएर आउनुपर्छ । विस्तारै समाजले स्वीकार गर्दै जान्छ । मैले त यस विषयमा बुझेको छु, सहयोग गर्न तयार छु । म जस्तै अरुले पनि सहयोग गर्दै जानुहुन्छ ।”

सबै नागरिक अधिकारका हिसावले समान हुने भन्दै वडाध्यक्ष राउतले फरक लैंगिक पहिचानकै कारण कसैले पनि कसैलाई विभेद गर्न नहुनेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
840
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.