ल्याक्मे भन्दा ठूल ठूला फेसन शोमा काम गर्ने अञ्जलीको इच्छा

ल्याक्मे भन्दा ठूल ठूला फेसन शोमा काम गर्ने अञ्जलीको इच्छा

काठमाडौं (पहिचान) चैत ९ – तेस्रोलिंगी मोडल अञ्जली लामाले आफ्नो उदेश्य प्राप्तीका लागि आँफैले काम गर्नु पर्ने बताएकी छिन् । बन्द कोठामा बसेर प्रगती नहुने भन्दै उनले निरन्तरको लगनले नै उदेश्य प्राप्त गर्न सकिने बताइन् ।

“मलाई सुरुमा समाज र परिवारको नै साथ थिएन । मैले आफै संघर्ष गरेर अगाडि बढेपछि मैले विस्तारै आफन्त र त्यही समाजको साथ पाउन थालेँ,” उनले भनिन्, “सुरुमा तेस्रोलिंगी भएकै कारण कतिले मलाई फेसन सोहरुबाट रिजेक्ट गर्थे तर पनि मैले हिम्मत हारिन । प्रयास सँधै जारी नै राखेँ ।”
अञ्जली ल्याक्मे फेसन विकमा पुग्न सफल नेपाली तेस्रोलिंगी मोडल हुन् । सुरुवातमा आफू सरहका महिलालाई लिने आयोजकहरुले आफूलाई तेस्रोलिंगी भएकै कारण विभेद गरेको उनी सम्झिन्छिन् ।

तेस्रोलिंगीलाई समाजमा अझै पनि विभेद रहेको भन्दै उनले यस्तो विभेद भारतमा पनि रहेको बताइन । यद्यपि आफू ठूलो फेसन विकमा सहभागी भएकाले चरम विभेद भने भोग्नु नपरेको उनको अनुभव छ ।

५ फिट १० इन्छ उचाई रहेकी अञ्जली आफूलाई सबैभन्दा धेरै उचाईले नै साथ दिएको बताउँछिन् । ल्याक्मे फेसन विकमा काम गरेकाले अहिले भारतकै विभिन्न फेसनसम्बन्धि प्रोजेक्टहरुमा काम गरिरहेको बताउँने उनी अब ल्याक्मेभन्दा ठूलो फेसन शोमा जाने चहाना रहेको सुनाउँछिन् । अमेरिकन तथा युरोपियन महादेशका प्रतिस्ठित फेसन शोमा काम गर्ने इच्छा रहेको उनको भनाइ छ ।

सन् २०१७ को ल्याक्मे फेसन शोमा उनले काम गरेकी थिइन् । दोस्रो प्रयासमा अञ्जली उक्त फेसन विकमा पुग्न सफल भएकी थिइन् ।

नुवाकोट घर भएकी अञ्जली सन् २००९ देखि मोडलिङ क्षेत्रमा सक्रिय छिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.