निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी मोडल ज्योती फेशन सेक्रेट सिजन टु को र्याम्पमा (भिडियो)

तेस्रोलिंगी मोडल ज्योती फेशन सेक्रेट सिजन टु को र्याम्पमा (भिडियो)

671
SHARES

काठमाडौं (पहिचान) बैशाख ५ – तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापा फेशन सेक्रेट् टु को र्याम्पमा सहभागी भएकी छन् । नेपाल इन्सिच्युट अफ फेसनले गरेको फेशन सेक्रेट् टु को र्याम्पमा ज्योती दोस्रो पटक सहभागी भएकी हुन् । विभिन्न डिजाइनरहरुले गरेका ड्रेस डिजाइनमा महिला र पुरुष मोडलहरुमा ज्योती तेस्रोलिंगी महिलाको रुपमा सहभागी भएकी हुन ।

ज्योतीले भ्यालेन्टाइन डे मा भएको फेशन सेक्रेट् सिजन वानमा मोडल बनेर र्याम्पमा सहभागी भएकी थिइन । नयाँ बर्षको अवसरमा भएको फेशन सेक्रेट् सिजन टु मा ज्योती दुई जना डिजाइनरले गरेका ड्रेसका डिजाइनहरुमा मोडलको रुपमा र्याम्पमा सहभागी भएकी हुन् । र्याम्पमा सहभागी भएपछि ज्योतीले आयोजकले आफुलाई तेस्रोलिंगी महिलाको रुपमा स्वीकार गरेर र्याम्पमा सहभागी गराएको वताइन ।

“कतिपय ठाउँमा तेस्रोलिंगीलाई लिंगको आधारमा सहभागी हुन दिदैनन्, ज्योतीले भनिन, अघिल्लो बर्ष आफु मात्रै नभइ अरु तेस्रोलिंगी महिला पनि सहभागी भएका थिए ।” फोशन सेक्रेट् टु मा तेस्रोलिंगी अधिकारकर्मी स्वस्तिका लामाले सहयोगी कोरियोग्राफरको भूमिका निर्वाह गरेकी थिइन ।

आयोजकले आफ्नो समुदायलाई यस्ता अवसर दिएकोमा ज्योतीले धन्यवाद दिइन । ज्योती नील हिरा समाजको भक्तपुर शाखाकी कार्यक्रम संयोजक हुन् ।

समाचार शेयर गर्नुहोस्
671
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.