यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल आजदेखि सुरु हुँदै

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल आजदेखि सुरु हुँदै

काठमाडौं (पहिचान) बैशाख ७ – राष्ट्रिय खेलकुद परिषद्ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गर्दैछ । काठमाडौंको धनवनतरी फुटसल मैदानमा आज र भोली दुई दिन हुने प्रतियोगितामा ७ वटा टोलीबीच प्रतिष्पर्धा हुनेछ ।

काठमाडौंबाट दुई टोली तथा पाँच विकास क्षेत्रबाट एक एक टोली गरी ७ टोलीबीच प्रतिष्पर्धा हुने प्रतियोगिताको व्यवस्थापन गरेको नील हिरा समाजले जनाएको छ ।

सरकारी स्तरबाट नेपालमा पहिलो पटक समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगीबीच हुन लागेको यो प्रतियोगिताको दिउँसो १२ बजे खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले उद्ध्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । खेल लिगकम नकआउटका आधारमा खेलाइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुने खेलाडिको नाम छनौट, पहिलो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.