को समलिंगी, को तेस्रोलिंगी, कस्ले छुट्याउन सक्छ चिहानहरुबाट ?

को समलिंगी, को तेस्रोलिंगी, कस्ले छुट्याउन सक्छ चिहानहरुबाट ?

897
SHARES

काठमाडौं (पहिचान) जेठ ५ –

परिवार मङ्गल चाहन्छ, सन्तानहरुबाट
जस्तो बालिमा आस, किसानहरुबाट

हेमन्त, वसन्त, शिशिर जुन कुनै रहुन
सिन्धु सरद झेल्दै छ, बिहानहरुबाट

एकता, समृद्धि, बिकास, विकल्प अनि नेतृत्व
देशले यहि चाहिरहेछ, जवानहरुबाट

को पुरुष को महिला को समलिंगी को तेस्रोलिंगी
कस्ले छुट्याउन सक्छ चिहानहरुबाट।

हामी यस्तै छौ, यस्तै रहन्छौ, समान जो छौ
यहि कुरा प्रस्ठ्याउदै छु, आख्यानहरुबाट

उ यस्तो छ, उ यस्ती छे, खै कस्तो, कस्ति
समाज यसै चिनाउदै छ, अनुमानहरुबाट

समाचार शेयर गर्नुहोस्
897
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.