निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रुस विश्वकपमा पनि समलिंगीहरुलाई दुःख दिने रणनीतिमा, ईन्द्रेणी झण्डा फहराउन भने पाइने

रुस विश्वकपमा पनि समलिंगीहरुलाई दुःख दिने रणनीतिमा, ईन्द्रेणी झण्डा फहराउन भने पाइने

2.2k
SHARES

काठमाडौं (पहिचान) जेठ २७ – ४ दिनपछि रुसमा सुरु हुन गईरहेको फुटबलको महाकुम्भ विश्वकप–२०१८ समलिंगी मैत्री नहुने देखिएको छ । समलिंगीहरु प्रति पहिल्यैदेखि अनुदार रहँदै आएको रुस सरकार विश्वकपमा पनि समलिंगीहरुलाई दुःख दिने रणनीतिमा देखिएको हो ।

विश्वकपका खेल रुसका ११ शहरमा हुँदैछ । खेल हुने रंगशालादेखि सडक, फुटपाथमा सुुरक्षाकर्मी त परिचालन हुने नै छन्, साथै दक्षिणी शहर रोस्ताभ–अन डनमा प्रहरीलाई सघाउनका लागि ३ सय कोसाक भिजिलान्ते (सामाजिक सुरक्षा समुह) र घोडामा सवार १ सय जना घोडसवार (ब्याकफोर्स) पनि रहनेछन् ।

दक्षिण शहर रोस्ताभ–अन डनमा चार समुहका खेल हुनेछन् भने अन्तिम १६ का खेल पनि त्यहाँ हुनेछ । त्यसै क्षेत्रका कोसाक भिजिलान्तेका एक प्रमुख समन्वयकर्ता ओलेग बारान्नीकोभले विश्वकपका दौरान समलिंगीहरुले आपसमा चुम्बन गरे समातेर प्रहरीलाई बुझाउने बताएका छन् ।

कोसाकहरु धार्मिक र रुढीवादी चिन्तनबाट ग्रस्त हुन्छन् । त्यसैले पनि सरकारले समलिंगीहरुको गतिबिधि नियन्त्रणका लागि उनीहरुलाई चयन गरेको अनुमान छ । रुसमा कानुनीरुपमा समलिंगीहरुलाई मान्यता त दिईएको छ, तर हालै सार्वजनिक रुपमा समलिंगी यौन व्यवहार तथा त्यस्ता सामाग्रीको बेचबिखन र बितरणमा भने प्रतिबन्ध लगाईएको छ ।

विश्वकपका दौरान रुस सरकारले समलिंगीमाथि अझ कडाई गर्न सक्ने सम्भावना छ । रुसको फुटबल संघले विश्वकपको दौरान उनीहरुलाई एलजिबिटी सामाजिक आन्दोलनको प्रतिक मानिने ईन्द्रेणी झण्डा फहराउन भने रोक नलगाईने प्रष्ट पारेको छ ।

समाचार शेयर गर्नुहोस्
2.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.