नियण्त्रण होइन, सहजिकरण चाहन्छौ : शर्मिला कार्की

नियण्त्रण होइन, सहजिकरण चाहन्छौ : शर्मिला कार्की

काठमाडौं (पहिचान) जेठ ३० – गैर सरकारी संस्था महासंघ नेपालकी निर्वतमान अध्यक्ष एवं अधिकारकर्मी शर्मिला कार्कीले मनभित्रको छाउगोठ भत्काउनु पर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा कार्कीले छाउगोठ अपराध भएको भन्दै मन भित्रको छाउगोठ भत्काउनु पर्ने बताएकी हुन् । केहीदिन अघि अछाममा १८ बर्षकी युवतीको छाउ गोठमा सर्पले डसेर मृत्यु भएको घटनालाई निर्वतमान अध्यक्ष कार्कीले अपराध पूर्ण क्रियाकलापको संज्ञा दिइन ।

बौद्धिक चेतना कहिले वृद्धि हुन्छ कार्कीले प्रश्न गरिन्, छाउ गोठमा बस्ने अबस्था अन्त्यका लागि आमालाई चेतना दिनु पर्छ । महिला अधिकार, शान्ति शुसासनका लागि स्थापना भएको जागरण नेपालकी संस्थापक अध्यक्ष कार्कीले अब नीति निर्माण तहमा काम गर्नुपर्ने बेला आएको बताइन । पूर्वी पहाडको खोटाङमा जन्मेकी कार्कीले राजनीतिमा लाग्ने महिलालाई सहयोग गर्न जागरण नेपालको स्थापना गरेको सुनाइन । उनले सरकारसँग प्रेसर एण्ड पार्टरशिपमा काम गर्दै आएको वताइन ।

“हामी सरकारको विरोध गर्ने होइन उनले भनिन्, सरकारले बनाएका नीति, नियम, कानुन कार्यान्वयनका लागि सहयोगी मात्रै हौ ।” निर्वतमान अध्यक्ष कार्कीले संविधानमा अधिकार लेखेर मात्रै नहुने भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिइन ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा आफूले राष्ट्रसंघमा उठाएको बताइन । “सरकार अन्तराष्ट्रिय निकायमा गएर प्रतिवद्धता जनाएर आउँछ तर, आफ्नो देशमा आएपछि अरुले थाहा पाउलान कि जस्तो गर्छ उनले भनिन्, हामी गैर सरकारी संस्थाले वाच डगको भूमिका निर्वाह गरिरहेका छौ ।” उनले सबै गैर सरकारी संस्थालाई एउटै बास्केटमा हालेर मुल्याङकन गर्न नहुने बताइन ।

“राम्रा गर्ने पनि छन्, नराम्रा गर्ने पनि छन्, सबै संस्थाको अनुगमन गर्नुपर्छ मानवअधिकारकर्मी कार्कीले भनिन्, नराम्रालाई देखाएर राम्रो गर्नेलाई समेत त्यस्तै व्यवहार गर्न मिल्दैन ।” उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धा बुझाउन धेरै समय लागेको बताउँदै अझ धेरैलाई बुझाउन समय लाग्ने वताइन ।

उनले यो समुदायको मुद्धाबारे नील हिरा समाजसँग आफूहरु निरन्तर छलफलमा रहेको जानकारी दिइन । “मलाई शर्मिला दिदी यस्तो कुरो रछ नि, सुनिल जि (सुनिल बाबु पन्त) ले भने पछि हामी धेरै क्लियर भयौ भन्ने गर्नुहुन्थ्यो निर्वतमान अध्यक्ष कार्कीले विगत सम्झदै भनिन्, कहिले कहिले त्यतिवेला लाग्थ्यो जसको मुद्धा उसको सहभागिता अत्यन्तै जरुरी रैछ । उहाँ त्यही ठाउँमा जान पाउनु भयो र धेरै मान्छेलाई उहाँले (सुनिल बाबु पन्त) ले आफ्नो मुद्धामा क्लियर गर्ने, कन्भिन्स गर्ने मौका पाउनु भयो , मलाई गौरव लाग्थ्यो ।”

उनले संघ संस्था ऐन २०३४ अनुसार सबै संस्थालाई एउटै नजरले हेर्ने परम्परा हट्नु पर्ने पनि वताइन । उनले सामाजिक ऐन बन्नुपर्नेमा जोड दिइन । इस्यु बेश दर्ता हुने व्यवस्था गरेर सामाजिक ऐन आउनुपर्ने कार्कीले बताइन । उनले राम्रो काम गर्नेलाई स्यावासी र नराम्रो काम गर्नेलाई निलम्वन गर्ने प्रक्रिया सरकारले सुरु गर्नुपर्ने सुझाव दिइन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ संस्थाहरुले गृह मन्त्रालयको जेठ २५ को निर्णयाअनुसार दर्ता तथा नविकरण गर्दा साविकको कार्यविध सहित अनिवार्य रुपले निर्देशन पालना गर्नु पर्ने सूचना जारी गरेको छ ।

गैर सरकारी संघ संस्थाका कार्यसमितिका पदाधिकारीहरु तथा कर्मचारीहरुले सम्पत्ति विवरण अनिवार्य पेश गर्नुपर्ने, उद्धेश्यमा एउटा मात्र कार्यक्षेत्र रोज्ने (नविकरणको हकमा उद्धेश्य संशोधन गरिसकेपछि मात्र नविकरण हुने ), लगातार तीन बर्ष भन्दा बढी अवधिसम्म नविकरण नगरेका संस्थाहरुको नबिकरण नहुने र प्रत्येक चार महिनामा अनिवार्य रुपमा चौमासिक प्रगति विवरण पेश गर्नुपर्ने सूचना जारी गरेको छ ।
शर्मिला कार्कीसँगको कुराकानी सुन्न यो लिंकमा क्लिक गर्नुहोला

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.