निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्थायी सरकारले पनि तेस्रोलिंगी र अन्यसमुदायलाई संबोधन नगरे फेरी विद्रोह हुन्छ : महेश बर्तौला

स्थायी सरकारले पनि तेस्रोलिंगी र अन्यसमुदायलाई संबोधन नगरे फेरी विद्रोह हुन्छ : महेश बर्तौला

816
SHARES

काठमाडौं (पहिचान) असार ८ – अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले सबै नागरिकलाई समान बनाउन पछाडि पारिएका समुदायलका अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा उपाध्यक्ष बर्तौलाले पछाडी पारिएको समुदायलाई अगाडी ल्याउनकै लागि आन्दोलन भएको भन्दै अब उनीहरुका अधिकार सुनिश्चित गरिनुपर्ने बताए ।

‘हिजो यौनिक तथा लैंगिक अल्पसंख्यकसहित आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र सबैलाई नसमेटिएकै कारण आन्दोलन भएको हो,’ उपाध्यक्ष बर्तौलाले भने, ‘त्यसैले परिवर्तन पछिको स्थायी सरकारले ति समस्या समाधानमा ध्यान दिनुपर्छ ।’ उनले समावेसीको नारा मात्र लगाएर नहुने भन्दै त्यसका लागि सबैलाई अवसर दिनुपर्ने बताए । ‘अधिकार माग्ने पनि समावेसीको झण्डा ओढेर मात्र हुँदैन, अवसरकालागि योग्यता पनि देखाउनुपछ र राज्यका तर्फबाट पनि सबैलाई अवसर दिने ग्याारेन्टी गरिनुपर्छ,’ बर्तौलाले भने ।

‘स्थायी सरकारले विगतमा भन्दा धेरै कुरा संबोधन गर्नसक्छ र गर्नु पनि पर्छ,’ बर्तौलाले भने, ‘यदी यो सरकारले पनि समस्याको समाधान नगरे फेरी विद्रो हुनसक्छ, त्यसलाई कसैले रोक्न सक्दैन ।’
परिर्वतपछि सबैले अधिकार पाएको भन्दै त्यसको अनुभूत हुनेगरी कार्यान्वयन हुन मात्र बाँकी रहेको उनले बताए ।

बर्तौलाले भने, ‘तेस्रोलिंगीहरुले अधिकार पाएकै छैनन्, यो म मान्दीन, उहाँहरुले धेरै अधिकार पाउनु भएको छ खाली कार्यान्वयनमा केही समस्या बाँकी छन् ।’ उनले समलिंगी तेस्रोलिंंगीहरु अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भइसकेको भन्दै संगठनमा उनीहरुलाई सधै स्वागत गरेको बताए । ‘अव पनि संगठनमा आउनुहुन्छ भने हामी रातो कार्पेट विच्छ्याएर स्वागत गछौं,’ उनले भने ।

समाचार शेयर गर्नुहोस्
816
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.