‘हरेक क्षेत्रमा तेस्रोलिंगीको आबश्यकता’

‘हरेक क्षेत्रमा तेस्रोलिंगीको आबश्यकता’

काठमाडौं (पहिचान) असार ९ – दिक्षान्त मुभी क्रियसनका खुम बहादुर सुनारले नेपालका हरेक क्षेत्रमा तेस्रोलिंगीको आबश्यकता रहेको बताएका छन् । पहिचानसँगको कुराकानीमा सुनारले तेस्रोलिंगीको सेवा, योगदान र बौद्धिकता आबश्यक रहेको बताएका हुन् ।

“तेस्रोलिंगीलाई सकारात्मक रुपमा लिनु पर्छ उनले भने तेस्रोलिंगीको कथामा म्युजिक भिडियो बनाउने सोचमा छु ।” आफूले तेस्रोलिंगी म्यजिक भिडियोमा अभिनय नै गराउने तयारी समेत गरेको सुनारको भनाई छ ।

“तेस्रोलिंगीलाई समेटेर गीत बनाउनु पर्छ उनले भने, तेस्रोलिंगीको प्रेम सम्बन्ध राखेर म्यूजिक भिडियो तयार गर्ने सोच रहेको छ ।” उनले तेस्रोलिंगीको जीवन कथामा आधारित रहेर चलचित्र नै बनाउने सोच समेत रहेको बताए । उनले तेस्रोलिंगीको काम आफूलाई राम्रो लागेको समेत बताए ।

उनले मोडलिंगी, मेक अप आर्टिस सिकेर आत्मनिर्भर बन्न तेस्रोलिंगीलाई सुझाव पनि दिए । तेस्रोलिंगीलाई समावेश गरेर समाज बिकासमा ध्यान दिनु पर्ने उनको भनाई छ । समलिंगी विवाह गर्न पाउनु पर्नेमा उनको जोड छ ।

“आफ्नो जीवनमा एउटा न एउटाको साथ लिने चलन पहिलेदेखि नै छ उनले भने, तेस्रोलिंगी आकाशबाट झर्ने र धर्तीबाट निस्कने त होइन नि ? अरुले पाउने अधिकार नपाउने भन्ने कुरै हुँदैन ।” कलाकार समेत रहेका सुनारले समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउन सबैले लविङ गर्नु पर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.