निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै प्रदर्शन गर्ने पक्राउ, तेस्रोलिंगी पत्रकार माथि दुरव्यवहार

बलात्कारीलाई फाँसी दिनुपर्ने माग गर्दै प्रदर्शन गर्ने पक्राउ, तेस्रोलिंगी पत्रकार माथि दुरव्यवहार

2.3k
SHARES

काठमाडौं (पहिचान) भदौ २ – बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गर्दै भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । संविधान संसोधन गरी संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर भन्दै भएको बलात्कार विरुद्धको संयुक्त दवाव र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । पेटीकोट लगाएर भएको प्रदर्शनमा तेस्रोलिंगी सन्ध्या लामा सहित महिला अधिकारकर्मीलाई प्रहरीले पक्रेको छ ।

प्रदर्शनको समाचार संकलनका लागि पुगेका पहिचान अनलाइनमा कार्यरत तेस्रोलिंगी पत्रकार भक्ती शाहमाथि दुरव्यवहार समेत भएको छ । ‘म सहितका प्रदर्शनमा सहभागी अधिकारकर्मीलाई प्रहरीले भ्यानमा राखेर अनामनगर प्रहरी कार्यालयमा राखेको छ पहिचानसँगको कुराकानीमा तेस्रोलिंगी अधिकारकर्मी लामाले भनिन्, शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्यो ।’ काठमाडौंको माइतीघरमा महिला सहित तेस्रोलिंगीहरुले पेटीकोट लगाएर प्रदर्शन गरेका हुन् ।

तेस्रोलिंगी पत्रकार भक्ती शाहले आफूलाई प्रहरीले घिसारेर भ्यानमा लगेको बताए । म तेस्रोलिंगी पत्रकार हुँ, मलाई पक्राउ गर्न तेस्रोलिंगी नै चाहिन्छ भक्तीले भने, मलाई पक्राउ त गरेन तर घिसारेर भ्यानसम्म लैजादा शरिरमा निल डाम भएको छ । उनीहरुले कालो रंगको पेटीकोटले शरीरको पुरै भाग छोपेका थिए । जयनारी अभियानको प्रदर्शनमा ऐक्यवद्धता जनाउन तेस्रोलिंगी पनि पुगेका हुन् ।

प्रहरीले तेस्रोलिंगी लामा सहित जयनारी अभियानकी शावित्री सुवेदी, रिया भण्डारी लगायतलाई पक्राउ गरेको हो । प्रदर्शनकारीहरुले हत्या हिंसा र बलात्कारका घटनाको विरोध गर्दैे प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
2.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.