लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल

लगानी कोषको कामु कार्यकारी निर्देशकमा अर्याल

काठमाडौं (पहिचान) भदौ १५ – नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशील कुमार अर्याललाई दिइएको छ । कोषमा केही दिन देखी उक्त पद रिक्त थियो ।

कोष संचालक समितिको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको कोषले जनाएको छ । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यो भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।

कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित रहेका कोषले बिज्ञप्ती निकालेर जानकारी दिएको छ । अर्यालले बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका छन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.