म समलिंगी हुँ …

म समलिंगी हुँ …

काठमाडौं (पहिचान) भदौ २० – तिमी केटि भएर केटिसँग प्रस्ताव राख्दैछौ ? चुरोटको ठुटो एस्ट्रेमा ठोक्दै भनी । म तिमीलाई यसकारण मन पराउछु किन कि म केटी होइन । मैले भने मजाक पनि लास्ट हसाउने पाराको गर्छौ तिमी ।

मेरो कोठामा हामी दुई रक्सी पिउदै थियौ । मैले नै बोलाए कि थिए अन्तिमालाई । उ खुसी हुँदै आयो । उसले भन्यो आफ्नो मन बिसाउदै छु तिमीसँग । तर म कुरा पत्याउन तयार नै छैन । फेरि झोक्किएर भन्यो उसले तिमीलाई मजाक लागिराको छ मेरो कुरा ? मलाइ बुझ्ने कोहि भएन आमाबाबु न साथीभाइ न समाज । म मौन भए र भने त्यस्तो हैन अन्तिमा म तिमीलाइ बुझ्छु ।

एक पर्सबाट हामी नजिक छौ । तिमी त त्यो बेला मलाई अरुसँग हिड्न पनि दिन्थेनौ । उसले भन्यो मनको कुन्ठा रक्सिसँग पगाल्दै खै रितु किन हो तिमिले मलाई बुझ्छौ जस्तो लाग्छ । सायद म अरुभन्दा फरक त पक्कै छु । मैले सोधे हैन केटी भएर केटीसँग शारीरिक र भाबनात्मक आकर्षण हुनु पटक्कै गड्बड पक्कै छ ।

कसरी पत्याउ तिमी केटि होइनौ भन्ने ? अन्तिमाले भनी हो म केटी हो, मेरो पुर्ण शरीर केटिको बनावटमा छ । मेरो हिडाइ आनिबानी काम गर्ने शैली अनि मेरो मनोभावना नै म केटी हो लाग्दैन म केटा हो लाग्छ । म केटी प्रति नै आकर्षित हुन्छु । मलाइ केटो हो भन्न रुचाउछु अनि म केटाको ढाँचामा हिड्छु ।

म यो समाजमा स्वतन्त्र रुपमा खुलेर हिड्न, बाच्न चाहन्छु । के म पनि यो समाजको मान्छे हैन र ? के अरु भन्दा फरक हुदैमा मैले आफ्नो खुशीले हिड्न पाउदिन ? मैले भने आमाबाबु समाज परिवारले तिमीलाई एकदिन बुझ्नुहुन्छ । आफ्नो सन्तानको खुसी कसो एकदिन नबुझ्नुहोला र । बुझ्नु हुन्छ बिस्तारै आत्तिनु हुदैन हरेस खानु हुदैन ।

म तिमीलाई साथ दिनेछु । म पनि तिमीलाई अथाह माया गर्छु र म पनि यो समाज परिवार सबैसँग लड्नेछु । किन कि तिमी जस्तो तेस्रोलिंगी पुरुष (ट्रान्सजेण्डर मेन) लाई म समलिंगी (लेस्वियन) महिला भएर जिन्दगीभर साथ दिनेछु । चिनिने छु मेरो समाजमा म एउटा समलिंगी महिला हुँ । अनि मेरो परिवार समाज नातेदार सबैबाट तिरस्कृत भए पनि एकदिन त मलाइ पनि बुझ्नु होला नि ।

साच्चै भन्नू पर्दा अन्तिमा न तिमीले नराम्रो गरेको छौ न मैले नै नराम्रो गरेकी छु । आफ्नो पहिचान अनुसार बाच्न पाउने आफ्नो नैसर्गिक अधिकार हुन्छ । हामीले गर्ने यो निर्णय कुनै दिन समाज परिवार नातेदारहरुलाइ नराम्रो लाग्छ तर कुनैदिन बुझ्नुहुने छ । उसले भन्यो रितु हामीले हरेस खानु हुदैन । केही गरेर देखाउनु पर्छ, धन कमाएर अहिले मनको पछि हैन धनको पछि लाग्छन सबै । आउ हातेमालो गरेर अगाडि बढौ……………….!!!
(यो पहिचानको फेसबुकमा गरिएको कमेन्टको सम्पादित अंश हो ।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.