निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भारतको रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई ४० प्रतिशत भाडा छुट

भारतको रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई ४० प्रतिशत भाडा छुट

788
SHARES

भारत (पहिचान) पुस २२ – भारतको रेल यातायाले तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई रेल यात्रामा ४० प्रतिशत भाडा छुट दिएको छ । जनवरी १ देखि रेलमा यात्रा गर्ने तेस्रोलिंगी ज्येष्ठ नागरिकले ४० प्रतिशत भाडा छुट पाउन थालेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

केन्द्रीय रेल मार्गका प्रवक्ता सुनिल उदासीले ६० वर्ष भन्दा माथि उमेर भएका तेस्रोलिंगी व्यक्तिहरुका लागि जनवरी १, २०१९ देखि भाडामा छुट दिने व्यवस्था लागू भएको जानकारी दिए ।

अहिले सम्म ६० वर्ष वा त्यसभन्दा वढि उमेर रहेका पुरुष र ५८ वर्ष वा त्यस भन्दा बढि उमेर रहेका महिलाका लागि मात्र रेल भाडामा छुट दिने गरिएको थियो । पुरुषका लागि ४० प्रतिशत र महिलाका लागि ५० प्रतिशत भाडा छुट दिदै आएको रेल मार्गले अबदेखि तेस्रोलिंगी ज्येष्ठ नागरिकलाई पनि ४० प्रतिशत भाडा छुट दिएको हो ।

समाचार शेयर गर्नुहोस्
788
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.