निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी सम्वन्धलाई मान्यता दिने आदेश सन् २०१८ कै महत्वपूर्ण समाचार

समलिंगी सम्वन्धलाई मान्यता दिने आदेश सन् २०१८ कै महत्वपूर्ण समाचार

775
SHARES

भारत (पहिचान) पुस २५ – सन् २०१८ को सेप्टेम्वर महिनामा भारतको सर्वाेच्च अदालतले गे सेक्सलाई कानुनी मान्यता दियो । गे सेक्सलाई अपराध नठानिने सो फैसला वास्तवमा नै सन् २०१८ को सबैभन्दा ठूलो समाचार थियो ।

हालै नयाँ दिल्लीमा नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको एक समारोहमा यस विषयमा निकै छलफल भएको थियो । भारतमा व्रिटिसको औपनिवेश रहेको समयमा वनेको कानुनका केही प्रावधानलाई रद्ध गर्नुको अर्थ उदारवादको पश्चिमा सिद्धान्तलाई एक किसिमले स्वीकार गर्नु थियो ।

‘हामी वेलायत, फ्रान्स र अन्य युरोपियन मुलुकको हैसियतमा अगाडी वढीरहेका छौ किनकी यि मुलुकहरुमा समलिंगी सम्वन्धलाई कानुनी मान्यता दिइएको छ,’ भारतमा प्राय यस्तो तर्क सुनिन्छ । यति मात्र होइन, भारतमा यस समुदायलाई हेर्ने दृष्टिकोण पश्चिमाको जस्तै भएको भनी विश्लेषणा हुने गर्दछ । यति मात्र होइन, सामाजिक संजालमा पनि पछिल्लो समयमा यस्तै वहशहरु भईरहेका छन् । तर यो साँचो हो त ? भारतका इतिकासकार र अन्य विज्ञको यस वारेमा फरक मत रहेको छ ।

इतिहासकार हरवश मुखियाका अनुसार यस विषयलाई राम्रोसँग वुझ्नको लागि भारतको इतिहासको वारेमा राम्रो ज्ञान हुनुपर्छ । व्रिटिश सरकारले उनीहरुको आफ्नै कानून भारतमा पनि ल्याएका थिए र यस सम्वन्धलाई अपराध माने ।

जुन भारतको परम्परा होइन कि क्रिश्चियन प्रणालीका कारण यो कानुन वनाइएको थियो, उनले भने । उनका अनुसार भारतको यो समुदायप्रतिको धारणा उदार थियो र अदालतको सो फैसलाले भारतको परम्परागत धारणलाई नै जोड दिएको छ ।

भारतका इतिहासकार राना सभीका अनुसार भारतमा माया जुनसुकै स्वरुपमा पनि स्वीकार गर्ने गरिएको थियो । उनले भारतमा प्राचिनकालदेखि मध्ययुगसम्म सबै खालको यौनिकता रहेको पनि वताएको बिबिसिले समाचार प्रकाशित गरेको छ ।

समाचार शेयर गर्नुहोस्
775
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.