समलिंगीलाई मृत्युदण्ड सजायँको बिरोध : लग्जरी होटल बहिष्कार गर्न आव्हान

समलिंगीलाई मृत्युदण्ड सजायँको बिरोध : लग्जरी होटल बहिष्कार गर्न आव्हान

काठमाडौं (पहिचान) चैत १७ – हलिउड अभिनेता जर्ज कुलुनीले ब्रुनाइका ९ वटा लग्जरी होटल बहिष्कार गर्न आह्वान गरेका छन् । ब्रुनाइले समलिंगी यौन सम्बन्धका लागि मृत्युदण्डको सजाय लागु गर्ने भएपछि अभिनेता कुलुनीले ब्रुनाईसँग जोडिएका ९ वटा लग्जरी होटल बहिष्कार गर्न आग्रह गरेका हुन् ।

आउँदो अप्रिल ३ देखि ब्रुनाईमा समलिंगी यौन सम्बन्ध कायम गर्नेहरुलाई मृत्युदण्ड दिने कानून लागु हुँदैछ । सन् २०१४ मा ब्रुनाइले इस्लामिक शरिया कानून अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानून अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो । नयाँ कानूनले मानवअधिकारको गम्भीर उल्लंघन गरेको कुलुनीले बताएका छन् ।

अभिनेता कुलुनीले मनोरञ्जन सम्बन्धी वेबसाइट डेडलाइनका लागि लेखेको लेखमा ‘ब्रुनाई राजसंस्था भएको देश हो र कुनै पनि बहिष्कारले केही न केही प्रभाव पर्नेछ र कानून परिवर्तन गर्न सहयोग मिल्नेछ’ भनेर लेखेका छन् ।

मानवअधिकारको गम्भीर उलंघन गर्ने देश वा ठाउँमा पैसा खर्च गर्न नहुने उनले बताएका छन् । अमेरिका, बेलायत, फ्रान्स तथा इटालीमा रहेका डोर्चेस्टर होटलमा ब्रुनाईका लगानीकर्ताको लगानी रहेको कुलुनीले बताएका बिबिसीले उल्लेख गरेको छ । ।

सन् २०१४ मा एलन डिजेनरस र स्टिफन फ्रायीले यी समलिंगी विरोधी कानूनको विरोधमा यी होटल बहिष्कार गर्न आग्रह गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.