ब्रुनाइमा समलिंगी यौनसम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मार्ने, गर्भपतन गर्नेलाई कोर्रा हान्ने कानून

ब्रुनाइमा समलिंगी यौनसम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मार्ने, गर्भपतन गर्नेलाई कोर्रा हान्ने कानून

997
SHARES

काठमाडौं (पहिचान) चैत २० – ब्रुनाईमा कडा स्लामिक कानून लागु भएको छ, यो कानून अनुसार समलिंगी यौन सम्बन्ध कायम गरेमा मृत्युदण्डको सजाय हुनेछ । समलिंगी यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

आज बुधबारदेखि लागु भएको कानून अनुसार समलैंगिकतालाई मृत्युदण्ड पाउने अपराध ठहर गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले यसको चर्को आलोचना गरेका छन् । ब्रुनाइको समलिंगी समुदायले आपत्ति तथा आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ । एक समलिंगी पुरुषले बिबिसीसँग भनेका छन्, ‘छिमेकी, परिवार तथा अरु सबैले हामीलाई मानिससम्म पनि नठान्ने भयो र अब ढुंगाले हिर्काउन उक्साउने भयो ।’ ब्रुनाइमा यसअघि नै समलैंगिकता अपराध थियो र १० वर्षको जेल सजाय हुने व्यवस्था थियो ।

सन् २०१४ मा ब्रुनाइले इस्लामिक शरिया कानून अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानून अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो । ब्रुनाइको सत्ता ७२ वर्षका सुल्तान हासनाल बोल्किहको नियन्त्रणमा छ ।

नयाँ कानून अनुसार बलात्कार, एडल्ट्री, एनल वा ओरल सेक्स, डकैती तथा मोहम्मदको निन्दा गरेमा मृत्युदण्डको सजाय हुन्छ । यस्तै गर्भपतन गराएमा सार्वजनिक स्थानमा लगेर कोर्रा हान्ने, चोरी गर्नेको हातगोडा काट्ने सजायको व्यवस्था गरिएको छ । ब्रुनाइमा दुई तिहाइ जनसंख्या मुस्लिम छन् ।

समाचार शेयर गर्नुहोस्
997
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.