काठमाडौं (पहिचान) बैशाख २३ – ब्रुनाईमा समलैंगिकता र विवाहेत्तर सम्बन्धका लागि मृत्युदण्ड दिने व्यवस्था हटेको छ । ब्रुनाइका सुल्तानले आफ्नो एक सन्देश मार्फत समलैंगिकता र विवाहेत्तर सम्बन्धमा मृत्युदण्डको सजाय दिने व्यवस्थासहितको कानून खारेज गरेका हुन् ।
गएको महिना ब्रुनाईमा समलैंगिक यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर हत्या गर्ने तथा विवाहेत्तर सम्बन्धका लागि पनि मृत्युदण्ड दिने व्यवस्थासहितको कानून लागु गरेको थियो । यसको विश्वव्यापी रुपमा विरोध भइरहेको थियो । जर्ज कुलुनी, एलन डिजेनरससहितका हलिउड स्टार एवम् मिडिया क्षेत्रका स्टारहरुले ब्रुनाईका सुविधा सम्पन्न होटलहरु बहिस्कार गर्न आग्रह गरेका थिए ।
त्यसैको प्रभाव स्वरुप ब्रुनाईका सुल्तान हासनाल बोल्किहले मृत्युदण्डको व्यवस्था फिर्ता लिएका हुन् । गएको अप्रिलमा समलैंगिक तथा विवाहेत्तर यौन सम्बन्ध कायम गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था लागु भएको थियो । इस्लामिक कानून अनुसार ढुंगाले हानेर मृत्युदण्ड दिने व्यवस्था थियो ।
सन् २०१४ मा ब्रुनाइले इस्लामिक शरिया कानुन अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानून अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो । ब्रुनाईको सत्ता ७२ वर्षका सुल्तान हासनाल बोल्किहको नियन्त्रणमा छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.