निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी विवाहलाई मान्यता दिने ताइवान पहिलो एसियाली मुलुक

समलिंगी विवाहलाई मान्यता दिने ताइवान पहिलो एसियाली मुलुक

719
SHARES

काठमाडौं (पहिचान) जेठ ५ – ताइवान समलिंगी विवाहलाई मान्याता दिने पहिलो एसियाली मुलुक बनेको छ। शुक्रबार ताइवानको संसदले समलिंगी विवाहसम्बन्धी कानुन पास गरेको हो। अब त्यहाँ समलिंगीले पनि महिला पुरूषबीचको विवाहमा जस्तै कर, बीमा र बच्चा भए अन्य अभिभावकसरह सुविधा पाउने छन्।

समलिंगी विवाहसम्बन्धी कानुन पास भएपछि अधिकारकर्मीहरू ताइवानको संसदबाहिर खुसी प्रकट गर्दै प्रदर्शन गरिरहेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यो कानुन सरकारले प्रस्ताव गरेको थियो। सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका बहुमत सदस्यले समलिंगी विवाहको पक्षमा भोट हालेका थिए। समलिंगी विवाहको पक्षमा ताइवानी संसदका ६६ सदस्यले मतदान गरेका थिए भने २७ जना विपक्षमा उभिएका थिए।

समलिंगी विवाहलाई कानुनी मान्यता दिएको यो कदमले राष्ट्रपति साइ इङ वेनलाई आगामी वर्षको निर्वाचन जित्न कठिन हुने धेरैले अनुमान गरेका छन्।

क्रिश्चियन धर्मसँगसम्बन्धित केही संस्थाहरूले भने यो कदममा आफ्नो विमति राखेका छन्। राष्ट्रपति साइले यो दिन ताइवानीहरूले गर्व गर्न लायक दिन भएको बताएकी छन्।

‘हाम्रो देश हार्दिकता र समावेशीताको मूल्यलाई बुझ्ने देश भएको हामी संसारलाई देखाउन चाहन्छौं,’ उनले भनेकी छन्, ‘समलिङ्गी विवाहलाई वैधानिकता दिएर हामीले सबैको प्रेमलाई समान व्यवहार गरेका छौं।’ उनले २०१६ को राष्ट्रपतीय चुनावमा समलिंगी विवाहलाई मान्यता दिने कानुन ल्याउने वाचा गरेकी थिइन्।

समाचार शेयर गर्नुहोस्
719
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.