निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यी भारतीय धाविका जसले आफू समलिङ्गी भएको घोषणा गरिन्

यी भारतीय धाविका जसले आफू समलिङ्गी भएको घोषणा गरिन्

860
SHARES

काठमाडौं (पहिचान) जेठ ६ – भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्।

२३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्।

तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्।

“मेरो गाउँ (चाका गोपालपुर) कै एकजना १९ वर्षीया युवतीसँग मेरो विगत पाँच वर्षदेखि सम्बन्ध रहेको छ,” हाल हैदराबादमा प्रशिक्षणमा रहेकी उनले पत्रकारहरूलाई बताइन्।

“मैले मेरो आत्मीय मित्र भेट्टाएकी छु। प्रेम गर्ने स्वतन्त्रताको म सधैँ पक्षधर हुँ। प्रेमभन्दा ठूलो कुनै भावना छैन,” उनले भनिन्।

दिदी रुष्ट?

दुती चंदतस्वीर कपीराइटAFP

विस्तारै भारतमा व्यवहारहरू बदलिन थालेको भए पनि चंदले समाचार संस्था पिटिआइसँग कुरा गर्दै उनको परिवारका केही सदस्यले उनको निर्णय नस्वीकारेको भन्दै उनकी दिदीले उनलाई परिवारबाट निकालिदिने धम्की दिएको बताइन्।

“मेरो दिदीलाई लाग्छ कि मेरी मित्रलाई केवल मेरो सम्पत्तिमा चासो छ। यो सम्बन्धका कारण उनले मलाई जेल पठाइदिने भनेकी छन्,” चंदले भनिन्।

कुनै पनि विश्वव्यापि प्रतियोगिताको फाइनलमा पुग्ने चंद पहिलो भारतीय धावक हुन्। सन् २०१३ को विश्व युवा च्याम्पियनसीपमा उनी फाइनलमा पगेकी थिइन्।

सन् २०१४ मा उनलाई भारतीय एथलेटिक्स महासंघले हर्मोन परीक्षणमा विफल भएको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो। उनमा अस्वाभाविक रूपमा धेरै टेस्टोस्टेरोन हर्मोन पाइएको थियो।

टेस्टोस्टेरोन भनेको पुरुषको यौन विकासको लागि जिम्मेवार मानिने हर्मोन हो।

तर पछि चंदको कानुनी टोलीले सन् २०१५ को मार्च महिनामा महासंघको उक्त निर्णय विभेदपूर्ण तथा गलत रहेको पुष्टि गराउन सफल भएको थियो।

त्यसको लगत्तै सन् २०१६ को रियो ओलिम्पिक्समा उनी छानिएकी थिइन् र सन् २०१८ मा उनले एसियाली खेलकूदमा दुईवटा रजत पदक जितेकी थिइन्।

साभार : बीबीसी

समाचार शेयर गर्नुहोस्
860
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.