गे बनाउने एउटा पनि जीन छैन : बृहत आनुवंशिक अध्ययनको निष्कर्ष

गे बनाउने एउटा पनि जीन छैन : बृहत आनुवंशिक अध्ययनको निष्कर्ष

काठमाडौं (पहिचान) भदौ १३ – बृहत स्तरमा भएको आनुवंशिक अध्ययनबाट यो पुष्टि भएको छ कि कुनै पनि व्यक्ति समलिंगी अर्थात गे हुनुमा आनुवंशिक कारण छैन । झण्डै पाँचलाख व्यक्तिमा गरिएको आनुवंशिक अध्ययनबाट व्यक्तिलाई समलिंगी बनाउने एउटा पनि जिन नरहेको पुष्टि भएको हो ।

अनुसन्धान प्रतिवेदन साइन्स जर्नलमा प्रकाशित भएको छ । बेलायतको बायो बैंक तथा २३ एण्ड मी बाट लिइएका आनुवंशिक तथ्यांकहरुको अध्ययनबाट समलैंगितामा कुनै पनि आनुवंशिक कारण नरहेको देखिएको हो । तर समलैंगिक व्यवहारका लागि आनुवंशिक फ्याक्टरको सम्बन्ध २५ प्रतिशतसम्म देखिएको छ ।

अधिकारवादी संस्था ग्लाडले भनेको छ, ‘अध्ययनले पुष्टि गरेको छ कि प्रकृति वा पालन पोषणको प्रभाव गे वा लेस्बियन व्यक्तिको व्यवहारमा कुनै पनि प्रभाव रहँदैन ।’

अनुसन्धानकर्ताले चार लाख ७७ हजार ५०० सय व्यक्तिको आनुवंशिक संरचनाको सम्पूर्ण अध्ययन गरेका हुन् । अनुसन्धानमा सहभागीलाई समलैंगिक यौन सम्बन्धमात्रै कायम गरेको छ कि विपरितलिंगीसँग पनि यौन सम्बन्ध कायम गरेको छ भन्ने बारे सोधिएको थियो ।

हावर्ड र एमआइटीका अनुसन्धानकर्ताले बृहत अध्ययनबाट कुनै पनि व्यक्ति गे वा लेस्बियन बन्नुमा आनुवंशिक कारण नरहेको पुष्टि गरेका हुन् । तर समलैंगिक व्यक्तिको व्यवहारमा भने ८ देखि २५ प्रतिशतसम्म समानता देखिने अनुसन्धानबाट थाहा भएको छ ।

पाँचवटा विशेष जेनेटिक भेरिएन्टसहरु भने पाइए जुन विशेष रुपमा समलैंगिक व्यवहारसँग सम्बन्धित छन् । त्यसमध्ये एक सुँघ्ने पाथवेसँग सम्बन्धित छ भने अरु चारवटा समलैंगिक हर्मोनसँग सम्बन्धित रहेका छन् । तर समलैंगिक व्यवहारमा तिनीहरुको समग्र प्रभाव भने एक प्रतिशत भन्दा कम हुने देखिएको बीबीसीले आफ्नो समाचारमा लेखेको छ ।

अनुसन्धानमा संलग्न मासाचुसेट्स जनरल हस्पिटलमा एनालिटिक एण्ड ट्रान्सलेसनल जेनेटिक्स युनिटका एसोसिएट प्रोफेसर बेन निएलीले भने, ‘एउटा पनि गे जिन पाइएन र कुनै व्यक्ति समलैंगिक हो वा होइन भनेर गरिने जेनेटिक परीक्षणको कुनै फाइदा छैन । कुनै पनि व्यक्तिको यौन व्यवहारबारे उनीहरुको जेनोमबाट भन्न विलकुलै सकिँदैन ।’

फोटो : गाईजात्रा महोत्सव २०७६

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.