आधा सपना पुरा भयो, आधा बाँकी छ : सुनिलबाबु पन्त (भिडियो )

आधा सपना पुरा भयो, आधा बाँकी छ : सुनिलबाबु पन्त (भिडियो )

काठमाडौं (पहिचान) असोज १२ – पहिलो संविधानसभाका सदस्य सुनिलबाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई चुनौती भन्दा धेरै अवसरहरु रहेको बताएका छन् । ‘चुनौती नभएका होइनन् तर, अवसरहरु धेरै छन’ पन्तले भने ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले काठमाडौंमा गरेको राष्ट्रिय परामर्स गोष्ठीको उद्ध्घाटन गर्दै पन्तले पुराना प्रथाहरु हटेर देशले नयाँ दिशा लिएको बताए । यो समुदायको अधिकार प्राप्तीका अभियन्ता पन्तले मानवअधिकारको बिषय पनि अहिले धेरै अगाडी आएको बताए ।

उनले नयाँ ढंगले आफ्ना कार्य योजना बनाएर अगाडी बढ्नु पर्ने बताए । ‘तपाईहरु नयाँ ढंगले आफ्ना कार्ययोजना बनाएर अगाडी बढिरहेको विश्वास छ उनले भने, आफ्नो क्षमता अभिवृद्धि गर्दै मिलेर काम गर्नुपर्छ ।’ पन्तले नयाँ ढंगले कार्य योजना बनाएर अगाडी बढेमा संविधानमा लेखिएका अधिकार व्यवहारमा कार्यान्वयनमा ल्याउन त्यति गारो नहुने बताए । ‘अहिले हरेक कामका लागि काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ उनले भने, समुदाय र समाजको योगदानका लागि प्रदेश सरकारसँग मिलेर काम गर्न सकिन्छ ।’

पन्तले संसदमा प्रस्तुत भएका विधेयकलाई मात्रै हेर्दा ढिलो हुने भन्दै विधेयकको मस्यौदा गर्ने विज्ञसँग जोडिन सक्नु पर्ने सुझाव दिए । ‘मस्यौदामा नपरेको मुद्धालाई कानूनमा पार्न गारो हुन्छ उनले भने, मलाई लाग्छ हाम्रो ध्यान नपुगेको क्षेत्र यही हो जस्तो लाग्छ ।’ उनले अभियानकर्मीहरुले निरन्तर नथाकी काम गर्नुपर्नेमा जोड दिए ।

पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई एक जुट हुन आव्हान समेत गरे । ‘एकले अर्काको खुट्टा तान्न थाल्यौ भने अरुले बाहना पाउँछन् उनले भने, समग्र समुदायको हक अधिकारका लागि सबै एक जुट हुनुपर्छ ।’ उनले २० बर्षको अभियानका क्रममा आधा सपना पुरा भएको र आधा सपना पुरा हुन बाँकी रहेको बताए ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल र सुदुरपश्चिम समाजले पन्तलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेका छन् । महासंघकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले कार्यशालामा सातै प्रदेशका यौनिक तथा लैंगिक अल्पसंख्यकहरु सहभागी भएको जानकारी दिइन । 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.