निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘रुची अनुसारको पेशा वा व्यवसायमा संलग्न हुन सके आर्थिक सवलिकरणमा सहयोग पुग्छ’

‘रुची अनुसारको पेशा वा व्यवसायमा संलग्न हुन सके आर्थिक सवलिकरणमा सहयोग पुग्छ’

1.1k
SHARES

काठमाडौं (पहिचान) कार्तिक १९ – आर्थिक सवलिकरणका लागि स्वरोजगार हुने उपायहरुको खोजी प्रायः सबैले गर्छन् । यसमा कोही सफल हुन्छन् त कोहीले प्रयास गर्नै छोडिदिन्छन् ।

तर लगातार मेहनत र आफ्नो रुची अनुसारको पेशा वा व्यवसायमा संलग्न हुन सके आर्थिक सवलिकरणमा सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् ।

आफ्नो सीप र रुची अनुसारको व्यवसायीक आर्थिक सवलिकरण र स्वरोजगरोको उक्तम विकल्प हुने उनीहरुले बताएका छन् ।

केही दिनअघि काठमाडौँमा भएको ‘पिंक क्यापिटालिजम’ सम्बन्धी कार्याक्रममा वक्ताहरुले आफ्नो अनुभव सुनाउँदा व्यवसायमा आउने सजिला–अप्ठ्यारा र त्यसको समाधानका लागि गर्न सकिने प्रयासहरु बारे बताएका छन् । कार्यक्रम पहिलो संविधान सभाका सदस्य एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभयन्ता सुनिलबाबु पन्तले आयोजना गरेका हुन् ।

एलजिबिटिक्युआई समुदायलाई लक्षित गरी आयोजित सो कार्यक्रमका वक्ताहरुले व्यवसायिक क्षेत्रमा संलग्नता तथा सहभागितामा बिस्तार हुनु पर्ने बताएका हुन् । त्यसका लागि व्यवसायिक वातारण बनाउनु सरोकारवालासँगै स्वयम व्यवसायकर्ताहरुको जिम्मेवारीको विषय रहेको बताए ।

नेपालमा पर्यटन, रेस्टुरेन्टसहितका व्यवसायहरुमा एलजिबिटिक्युआई समुदायलाई राम्रो अवसर रहेको विदेशी विज्ञहरुले पनि बताए ।
विशेष गरी नेपालको भौगोलिक तथा सांस्कृतिक परिवेश विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने खालको रहेको र यसलाई अवसरका रुपमा प्रयोग गर्न सकेमा एलजिबिटिक्युआई समुदायले आर्थिक लाभ लिन सक्ने उनीहरुको भनाई थियो । किनकी नेपाल एलजिबिटिक्युआई समुदायका विदेशीहरुको प्रमुख भ्रमण गन्तव्यका रुपमा पनि लिने गरिन्छ ।

तर व्यवसाय गर्दा सीमित समुदाय वा वर्गलाई मात्रै लक्षित गरेर भन्दा पनि सबैलाई हुने खालको अवधारण अनुसार गर्नु पर्ने उनीहरुले बताए । त्यसमा विशेष फिचरका रुपमा कुनै वर्ग वा समुदायलाई लक्षित गर्न सक्नु व्यवसायको ‘स्पेसियालिटी’ रहेको देशीविदेशी विज्ञले बताए । एलजिबिटिक्युआई समुदाय लक्षित या सो समुदायका व्यक्तिले गर्ने व्यक्तिहरुका लागि नेपालमा अवसरसँगै चुनौतिहरु पनि रहेको सहभागीले बताए ।

कानूनी रुपमा स्वीकार गरिए पनि या अपराध नरहे पनि समलैंगिक सम्बन्धलाई सामाजिक रुपमा अझै पनि स्वीकार नगरिएको अवस्था धेरै ठाउँमा रहेको र त्यसले गर्दा ती समुदाय लक्षित व्यवसायको लगानी सुरक्षामा चुनौति देखिने गरेको उनीहरुले सुनाए ।

त्यसका व्यवसायिक सचेतानासँगै एलजिबिटिक्युआईकै अवधारणाबारे सर्वसाधारणलाई जानकार गराउनु पर्ने उनीहरुको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.