निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शितलहरबाट बच्न ५ जना तेस्रोलिंगीलाई ब्लाङकेट वितरण

शितलहरबाट बच्न ५ जना तेस्रोलिंगीलाई ब्लाङकेट वितरण

527
SHARES

रौतहट (पहिचान) माघ ७ – सत्तारुढ नेकपा रौतहटका नेता एवं पूर्व सभासद् रामकुमार भट्टराईले शितलहरबाट बच्न तेस्रोलिंगी समुदायलाई ब्लाङकेट वितरण गरेका छन् । रौतहटका स्थानीय ५ जना तेस्रोलिंगीलाई पूर्व सभासद् भट्टराईले ब्लाङकेट वितरण गरेका हुन् ।

पूर्व सभासद् भट्टराईले सप्तरंगी नेपालको चपुरमा रहेको कार्यालयमै गएर पछाडि पारिएका तेस्रोलिंगी समुदायलाई विपन्न व्यक्तिलाई ब्लाङकेट वितरण गरेका हुन् । तेस्रोलिंगी महेन्द्र चौधरी, फागुनी पासवान, सिकेन्द्र पासवान, राम निवास चौरासिया र मन्धो मुखियलाई १४ सय रुपैयाँ पर्ने एक एक थान ब्लाङकेट वितरण गरेको भट्टराईले जानकारी दिए ।

शितलहर, जाडोका कारण कोही मर्न नहुने उद्धेश्यले तेस्रोलिंगी समुदायका विपन्न व्यक्ति अरु आएमा पनि ब्लाङकेट वितरण गर्ने उनले बताए । ‘तेस्रोलिंगी व्यक्ति, समाज र राज्यको सबैको पहुँचबाट टाढा हुन्छन् पहिचानसँग कुरागर्दै भट्टराईले भने, अरु कुनै निकायले नहेरेको यो समुदायका अरु विपन्न व्यक्तिलाई पनि सहयोग गर्ने तयारी छ ।’

उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई संविधान प्रदत्त अधिकार दिलाउन आग्रह गरे वकालत गर्न समेत तयार रहेको बताए । ‘म उनीहरुको संविधान प्रदत्त अधिकारका लागि वकालत गर्न तयार छु उनले भने, त्यसका लागि उनीहरुले मलाई जानकारी भने दिनुपर्छ ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्ने तेस्रोलिंगीलाई हेला गर्न नहुने भन्दै उनले सबैको साथ र सहयोग हुनुपर्ने बताए । सत्तारुढ नेकपाका नेता एवं पूर्व सभासद् भट्टराईले घर, परिवार, समाज र राज्यबाट अपहेलित तेस्रोलिंगी समुदायका व्यक्तिलाई ब्लाङकेट वितरण गरेकोमा खुशी लागेको सप्तरंगी नेपाल रौतहटका कार्यक्रम संयोजक जिना रानाले बताइन ।

समाजमा नाम चलेका मान्छेले पनि सम्झेर सहयोग गरेकोमा खुशी लागेको बताउँदै रानाले भोलीका दिनमा पनि सहयोग पाउने आशा गरेको बताइन । उनका अनुसार रौतहटमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या ७ देखि १० हजारको हाराहारीमा छन् । तेस्रोलिंगी मात्रै ४ सयको संख्यामा सम्पर्कमा रहेको रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्
527
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.