अजिता हत्यामा पक्राउ परेकाविरुद्ध तीन वटा मुद्धा : ज्यान मार्ने, डाँका र जवरजस्ती करणी

अजिता हत्यामा पक्राउ परेकाविरुद्ध तीन वटा मुद्धा : ज्यान मार्ने, डाँका र जवरजस्ती करणी

काठमाडौं (पहिचान) फागुन १३ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले तेस्रोलिंगी अजिता भुजेल हत्यामा पक्राउ परेकाहरुलाई तीन वटा कसुरमा कारवाही गर्न अभियोग पत्र दायर गरेको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हेटौडालाई आज मंगलवार अनुशन्धान प्रतिवेदन वुझाएर तीन वटा कसुरमा कारवाही गर्न अभियोग पत्र दायर गरेको हो ।

अजिता हत्यामा पक्राउ परेका विरुद्ध ज्यान मार्ने, डाँका र जवरजस्ती करणी कसुरमा कारवाही गर्न सरकारी वलिकको कार्यालयमा अनुशन्धान प्रतिवेदन बुझाएको प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालत मकवानपुरमा पेश गर्नेछ र अदालतमा थुनछेक बहस सुरु हुनेछ ।

मकवानपुरको हेटौंडा ११ थाना भञ्ज्याङ निवासी तेस्रोलिंगी अजिता हत्या अभियोगमा पक्राउ परेका एलिसा पाख्रिन, हेटौंडा ४ निवासी २४ वर्षीय आशिस बल, हेटौंडा ४ निवासी २१ वर्षीय ‘ह्याक्चर’ भन्ने बुद्ध लामा, हेटौंडा ९ निवासी १८ वर्षीय ‘भापु’ भन्ने सिमोन परियार, हेटौंडा ४ बस्ने २५ वर्षीय ‘घनटाउके’ भनिने सुशिल थापा मगर र हेटौडा ११ का १९ वर्षीय सनम गोले विरुद्ध अभियोग पत्र दायर गरेको हो ।

माघ ४ गते हेटौडाको क्याम्पाडाडामा तेस्रोलिंगी अजिताको हत्या गरेर फालेको अवस्थामा मृत शरीर भेटिएको थियो । प्रहरीले माघ २० गते पाँच जना र २७ गते थप एक जना गरी ६ जनालाई पक्राउ गरेर अनुशन्धान गरेको थियो । प्रहरी निरीक्षक गजमेरले प्रहरीको तर्फबाट अनुशन्धान सकिएकाले तीन वटा कसुरमा कारवाही गर्न अनुशन्धान प्रतिवेदन बुझाइएको पहिचानलाई जानकारी दिए ।

अजिता हत्यामा पक्राउ परेकाहरुको जिल्ला अदालत मकवानपुरबाट तीन पटक म्याद थप गर्दै अनुशन्धान भएको थियो । हाम्रो तर्फबाट अनुशन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग पत्र दर्ता गरेका छौ प्रहरी निरीक्षक गजमेरले भने, त्यसपछि अदालतलमा थुनछेक बहस हुन्छ । अदालतका न्यायाधीशले दिने आदेश अनुसार अजिता हत्यामा पक्राउ परेकाहरुले सजाय पाउनेछन् ।

अजिता हत्यामा संलग्न थप एक जना पक्राउ, तेस्रो पटक म्याद थप हुँदै

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.