निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भुकम्पमा आधारित कृतिम घटना अभ्यास (भिडियो)

भुकम्पमा आधारित कृतिम घटना अभ्यास (भिडियो)

780
SHARES

काठमाडौं (पहिचान) फागुन १८ – नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिका वडा नम्वर १६ जेपीचोकमा भुकम्पमा आधारित कृतिम घटना अभ्यास कार्यक्रम गरेको छ । जिल्ला शाखा काठमाडौंको उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमले भुकम्पमा आधारित कृतिम घटना अभ्यास कार्यक्रम गरेको हो ।

काठमाडौं जिल्ला शाखाको आपतकालिन प्रतिकार्य योजना २०७६ मा उल्लेख भएका ६ वटा विषयगत क्षेत्रहरुमा उल्लेख गरिए अनुसारका गतिविधिहरु विपद्को समयमा जिल्लाको विद्यमान क्षमता, गरिनुपर्ने प्रतिकार्य तथा वर्तमान अपुगता पहिचान गर्ने उद्धेश्यले कृतिम घटना अभ्यास गरिएको हो ।

शाखाको विद्यमान स्रोत र क्षमताका आधारमा ६ वटा विषयगत क्षेत्रहरुलाई योजनामा जोड दिइएको उत्थानशिल नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमकी संयोजक शारदा खतिवडाले जानकारी दिइन । उनका अनुसार जस अन्तर्गत समन्वय सूचना संचार, आपत्कालिन आवास र गैह्रखाद्य सामाग्री, स्वास्थ्य पोषण खानेपानी तथा सरसफाई, प्राथमिक उपचार र संरक्षण रहेका छन् ।

प्राकृतिक विपत्तीमा परेकाहरुलाई तत्काल उद्धार गरी प्राथमिक उपचार गरेर मानविय क्षति हुन नदिन कृतिम घटना अभ्यास गर्दै आएको जिल्ला शाखा काठमाडौंका सभापति मथुराराम श्रेष्ठले बताए ।

जिल्ला शाखा काठमाडौंको आपतकालिन प्रतिकार्य योजना कार्यान्वयनका लागि तालिम प्राप्त रेडक्रसकर्मीहरुलाई तत्काल घटनास्थलमा पुगेर मानविय क्षति हुन नदिन यस्ता अभ्यासका कार्यक्रम संचालन भइरहेको शाखाका मन्त्री श्यामकाजी डोटेलले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्वर २६ का विपद व्यवस्था समितिका उपाध्यक्ष गणेश रिजालले रेडक्रससँगको सहकार्यमा विपद् जोखिम न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रम संचालन गर्दा स्थानीय बासिन्दा सचेत बन्ने विश्वास व्यक्त गरे ।

शाखाको आपत्कालिन प्रतिकार्य योजनामा आधारित कृतिम घटना अभ्यास कार्यक्रममा जिल्ला शाखा कार्यसमिति, उपशाखाहरु, शाखा एवं उपशाखा अन्तर्गतका तालिम प्राप्त स्वयंसेवकहरु, कामपा वडा नं २६ विपद् व्यवस्थापन समिति, विपद् उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गतका केन्द्र तथा जिल्लाका कर्मचारीहरु, संकटासन्न समुह (च्याम्पियन) का सदस्यहरु, युरेसका सदस्यहरुको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.