तेस्रोलिंगी अजिता हत्या आरोपी कारागार चलान, एलिसा १ लाख धरौटी बुझाएर रिहा

तेस्रोलिंगी अजिता हत्या आरोपी कारागार चलान, एलिसा १ लाख धरौटी बुझाएर रिहा

मकवानपुर (पहिचान) फागुन २८ – तेस्रोलिंगी अजिता भुजेल हत्यामा पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशको आदेश अनुसार अजिता हत्यामा संलग्न रहेका ५ जनालाई पुर्पक्षका लागि भीमफेदी करागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।

जिल्ला अदालतको आदेश अनुसार अजिताको मोवाइल चलाउने एलिशा पाख्रिन १ लाख धरौटी बुझाएर रिहा भएकी छन् । तेस्रोलिंगी अजिताको हत्यामा एसिलाको श्रीमानको संलग्नता भएको पुष्टी भएको छ । घटना भएको अघिल्लो दिन मात्रै विवाह गरेको बताउने एसिलाका श्रीमान सहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको श्रेस्तेदार कौशिकले बताए ।

श्रेस्तेदार कौशिकले पहिचानलाई दिएको जानकारी अनुसार जिल्ला अदालत मकवानपुरले घटनाबारे पक्ष विपक्षका साक्षीहरुको वकपत्र गराउनेछ । वकपत्र गराएपछि मुद्धालाई वहसका लागि इजलासमा पेश गरिने र यो कम्तीमा २ महिना लाग्ने उनले जानकारी दिए ।

अजिता हत्यामा संलग्न एक व्यक्ति एलिशाको साथी भनिएपनि ति साथी एलिसाका श्रीमान भएको खुलेको छ । उनैले अजिताको मोबाइल एलिशालाई दिएका र एलिशाले उक्त मोबाइलमा सिम हालेर चलाउँदा सबै हत्या आरोपीहरु समात्न प्रहरी सफल भएको थियो ।

माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्या यौन सम्पर्कपछि रकम बार्गेनिङका करण भएको प्रहरीले जनाएको थियो । अजितालाई थानाभर्याङस्थित ट्रकमा आरोपीहरुले यौनसम्पर्क गरी पैसामा विवाद भएपछि तारले घाँटी च्यापेर हत्या गरिएको प्रहरीसँग साविती बयान दिएका थिए ।

अजिता अत्या आरोपी हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगर र सोनम गोलेलाई पुर्पक्षका लागि भीमफेदी कारागार चलान गरेको जिल्ला अदालतका श्रेस्तेदार कौशिकले जानकारी दिए । प्रहरीले सोनमलाई अजिता हत्यामा संलग्न भएको आरोपमा पछि समातेको हो ।

यसरी फसिन् एलिसा

हेटौडाबाट संचालित तुखबर अनलाइनका अनुसार १६ दिनसम्म हत्यामा संलग्न भएकाहरुसम्म प्रहरी पुग्न सकेको थिएन । २ सय ५० जना भन्दा बढी व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो ।

प्रहरी बाटो हेर्दै थियो, अजिताको हराएको मोबाइल कहिले अन हुन्छ ? २० माघ सोमबार प्रहरीले मोबाइल अन भएको सूचना पायो । अजिताले रातो रंगको ओप्पो मोबाइल बोक्ने गरेकी थिइन् ।

सोमबार मोबाइल अन भएपछि प्राविधिक अनुसन्धानबाट मोबाइल बोक्ने व्यक्तिसम्म प्रहरी पुग्यो । प्रहरीले हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनको साथबाट उक्त मोबाइल बरामद गर्यो । एलिसाले सिमकार्ड हालेर मोबाइल अन गरेपछि प्रहरीले एलिसालाई पक्राउ गर्न समय लगाएन् ।

घटना क्रम हेर्दा अजिता हत्याका अभियुक्तहरुले उनको मोबाइल एलिसासम्म पुर्याएका थिए । आफ्नै साथी आशिषले दिएको मोबाइलको कारण एलिसालाई प्रहरी हिरासतसम्म पुर्यायो ।

पाख्रिनसँग अजिताको मोबाइल कसरी आइपुग्यो ? अनुसन्धान गर्दैजाँदा अजिता हत्यामा संलग्न रहेका हत्या आरोपी आशिष बलले उनलाई मोबाइल दिएको अनुसन्धानबाट खुल्यो ।

आशिषलाई पक्राउ गरेर सोध्दा हक्चर भनिने बुद्ध लामाले मोबाइल दिएको प्रहरीले पत्ता लगायो । लामालाई चितवनबाट पक्राउ गरी प्रहरीले सोधपुछ गर्दा अर्का व्यक्ति भापु भिनने ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको बताए ।

त्यसपछि प्रहरीले सिमोनलाई पक्राउ गर्यो । अजिताको सोही आइचर ट्रकमा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । सिमोनलाई पक्राउ गरेपछि प्रहरीले अजिता हत्याको १७ दिनपछि हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सफल भएको हो ।

अजिता हत्यामा पक्राउ परेकाविरुद्ध तीन वटा मुद्धा : ज्यान मार्ने, डाँका र जवरजस्ती करणी

अजिता हत्यामा संलग्न थप एक जना पक्राउ, तेस्रो पटक म्याद थप हुँदै

यौन सम्पर्कपछि अजिताको हत्या भएको खुलासा, मुख्य चार जना अभियुक्त पक्राउ

अजिता हत्याले तेस्रोलिंगी त्रसित, अनुशन्धानमा प्रहरीको बिशेष टोली खटिदै (भिडियो)

अजिता हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

अजिता हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न माग

तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.