निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी मनिषको झुण्डिएर मृत्यु

तेस्रोलिंगी मनिषको झुण्डिएर मृत्यु

611
SHARES

काठमाडौं (पहिचान) जेठ २१ – तेस्रोलिंगी मनिष कुमार यादव आफ्नै कोठामा मृत भेटिएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर २ खोक्सरका मनिष आज विहान ११ बजे आफु सुत्ने कोठामा मृत भेटिएका हुन् ।

महाविर यादवका छोरा अन्दाजी २८ बर्षका तेस्रोलिंगी मनिष आफु सुत्ने कोठामा सारीको पासो लगाई झुण्डी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मनिषको झुण्डिएर मृत्यु भएको सम्वन्धमा प्रहरी टोली खटिएर अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । ‘अनुशन्धान भइरहेको छ उनले भने, थप जानकारी आइसकेको छैन ।’

तेस्रोलिंगी अधिकारकर्मी मनिषले समलिंगी विवाह गरेका थिए । तेस्रोलिंगी मनिषले टेष्टट्युव बेबी हुर्काइरहेका थिए । कोरोना भाइरसको महामारीबाट बच्न देश लकडाउन भइरहँदा मनिषको झुण्डिएर मृत्यु भयो ।

तेस्रोलिंगी अधिकारकर्मी सुदिप गौतम लकडाउन चलिरहँदा मनिष समेत दुई जना तेस्रोलिंगीले आत्महत्या गरेको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको बिज्ञप्ती

मिति २०७७।०२।२१ गते अं. ११:०० बजेको समयमा जि. सप्तरी शम्भुनाथ न.पा. २ खोक्सर बस्ने महाविर यादवको छोरा अं. वर्ष २८ को मनिष कुमार यादव (तेस्रो लिंङ्गी) ले  आफु सुत्ने कोठामा सारीको पासो लगाई झून्डी मृत्यु भएको भन्ने  जानकारी प्राप्त  हुनासाथ घटनास्थल तर्फ प्रहरी टोली खटिगई अनुसन्धान कार्य भईरहेको ।

मनिष र उनकी जीवन संगिनीसँग पहिचान अनलाइनले झण्डै ३ बर्ष अघि गरेको कुराकानी सुन्न यो लिंकमा क्लिक गर्नुहोला ।

समाचार शेयर गर्नुहोस्
611
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.