कोभिड – १९ बाट सुरक्षित हुन स्वास्थ्य सामग्री सहयोग

कोभिड – १९ बाट सुरक्षित हुन स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (पहिचान) असार २ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई सप्तरंगी नेपाल रौतहटले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सप्तरंगी नेपालले ब्रस, सावुन, स्यानिटाइजर, मास्क, ह्याण्ड वास र एचआइभी संक्रमितहरुलाई पोषण तत्व वितरण गरिएको हो ।

चन्द्रनिगाहपुर नगरपालिकालको सहयोगमा ३५ जना तेस्रोलिंगीलाई कोभिड – १९ बाट सुरक्षित हुने स्वास्थ्य सामग्री र दैनिक उपभोग्य सामान वितरण गरेको कार्यक्रम संयोजक जिना रानाले जनाकारी दिइन ।

कोभिड १९ बाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने र आफू सुरक्षित रहन पर्ने सन्देश दिदै स्वास्थ्य सामग्री वितरण गरेको संयोजक रानाले बताइन । सहयोग पाउनेहरु सबै समाजमा खुलेर आएका तेस्रोलिंगी हुन् ।

घर परिवारबाट कुनै सहयोग नभएको, घर परिवारबाट बाहिर बसिरहेका, लकडाउनका कारण नाँच गान बन्द हुँदा समस्यामा परेका तेस्रोलिंगीलाई नगरपालिकासँग सहयोग लिएर राहत वितरण गरेको रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.