आइडिया इन्टरनेशनलको अध्यक्षमा तिमल्सिना, कुष्ठ प्रभावितलाई फलफूल वितरण

आइडिया इन्टरनेशनलको अध्यक्षमा तिमल्सिना, कुष्ठ प्रभावितलाई फलफूल वितरण

काठमाडौं (पहिचान) असार १३ – नेपालमा अधिकार विहिन समुदायको संख्या यकिन गर्नेहरू अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त आर्थिक सहयोगले अभियन्ता कहलिएका छन् । केन्द्रीय तथ्यांक विभागलाई अलमलमा पारेर आफ्नो समुदायको वास्तविक तथ्यांक सार्वजनिक गर्न नलगाउने अभियन्ताहरूका कुराले आजसम्म सरकारलाई आलटाल गर्नेे वाहाना बनिरहेको छ ।

अधिकार विहिन समुदायको अभियन्ता बनेकाहरु सरकारको आलटालकाबीच अन्तराष्ट्रिय छवी उच्च बनाउन सफल पनि भइरहेका छन् ।  संविधानमा लेखिएका अधिकार कार्यान्वयन गर्न बनेका कानूनमा लेखिएका शब्दले नेपालका कुष्ठ प्रभावितलाई समाजमा पुनस्र्थापना हुन कठिनाई भइरहेको गुनासो आएको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहिताले नेपालमा रहेका कुष्ठ प्रभावितको वैवाहिक अधिकार खोसि दिएको छ । कुष्ठप्रभावितको विवाहनै नहुने कानुनी प्रावधान हटाउन सर्वोच्च अदालत जाने तयारीमा रहेकोे एसोसिएसन फर आईडिया नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय सफलता पाएको प्रतिक्रिया दिएको छ ।

लेप्रोसी मिसन आनन्दवन अस्पतालका अनुसार नेपालमा बर्सेनि ३ हजार २ सय नयाँ कुष्ठ प्रभावित व्यक्ति भेटिने गरेका छन् । नेपालमा २ लाख भन्दा धेरै कुष्ठ प्रभावित व्यक्ति छन् । उनीहरू मध्येका एक जना प्रभावित अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वमा मनोनित हुनुलाई आईडिया नेपालले अन्तर्राष्ट्रिय सफलता पाएको प्रतिक्रिया दिएको हो ।

आईडिया नेपालका अध्यक्ष समेत रहेका कुष्ठ प्रभावित अमर बहादुर तिमल्सिना विश्वभरका कुष्ठ प्रभावितहरूको संस्था आईडिया ईन्टरनेशनलको अध्यक्षमा मनोनित भएका छन् । अध्यक्ष तिमल्सिनाले लकडाउन अगाडिदेखि आनन्दवन अस्पतालमा उपचार गराईरहेका ९० जना भन्दा धेरैलाई राहत स्वरुप फलफूल प्रदान गरेका छन् ।

काभ्रे जिल्लाको खानीखोला तालढुङ्गामा २०३४ सालमा जन्मेका उनी लामो समयसम्म आफै कुष्ठ प्रभावित हुन् । उनले २० बर्षदेखि अमरदिप नामको निजी विद्यालय संचालन गरिरहेका छन् । हाल निजी विद्यालयको छाता संगठन नेशनल प्याब्सनको केन्द्रिय सदस्य रहेका तिमल्सिना जुन १७ मा आइडिया इन्टरनेशनलको अध्यक्ष पदमा मनोनित भएका हुन् । आइडिया इन्टरनेशनलमा नेपाल सहित ३० भन्दा धेरै देशका कुष्ठप्रभावित सदस्य रहेका अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

आनन्दवन अस्पतालमा राहत स्वरुप फलफूल वितरण गर्दै उनले आत्मवल उच्च बनाएर कुष्ठ रोगको लक्षण देखिने बित्तिकै अस्पताल जान सुझाव दिए । रोग लुकाएर बस्दा अंगभंग हुने भन्दै उनले लक्षण देखिने वित्तिकै अस्पताल आएर नियमित औषधी खाँदा अंगभंग नहुने सुनाए । उनले घर, परिवार, समाज र राज्यबाट अपहेलित भएर बस्नु पर्ने अबस्था अन्त्यका लागि सबैको साथ आबश्यक रहेको वताए ।

https://www.facebook.com/1499501143709401/posts/2670994016560102/

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.