नेपाली सेनालाई एन्फाको सहयोग

नेपाली सेनालाई एन्फाको सहयोग

काठमाडौं (पहिचान) असार २६ – अखिल नेपाल फुटवल संघ एन्फाले नेपाली सेनाको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउन सहयोग स्वरुप आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन एन्फाद्धारा आवश्यक सामग्रीहरु प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिट मुनि रहेको २ वटा Player Changing Room मा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर २३/२३ गोटा प्रदान गरिएको छ ।

फिजियोथेरापी वेड १/१ गोटा, रेफ्रिजिरेटर २/२ गोटा, ऐना १/१ वटा र Referee Changing Room को लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर चार गोटा, सोफा ४ गोटा, टेवल २ गोटा लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पु¥याउने विश्वास नेपाली सेनाले लिएको सेनाले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.