निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पोल्याण्डमा कन्जरभेटिभम दुदाको साँघुरो जित, समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना

पोल्याण्डमा कन्जरभेटिभम दुदाको साँघुरो जित, समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना

596
SHARES

काठमाडौं (पहिचान) असार ३० – पोल्याण्डमा भएको राष्ट्रपति चुनावमा कन्जरभेटिभ विचारधारका पक्षधर वर्तमान राष्ट्रपति आन्जेई दुदाले साँघुरो जित हाँसिल गरेका छन् । आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गरेका हुन् । पोल्याण्डको निर्वाचन आयोगका अनुसार दुदाले ५१.२ प्रतिशत मत प्राप्त गरेका छन् ।

सन् १९८९ मा कम्युनिष्ट शासन अन्त्य भएयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा सबैभन्दा साँघुरो अन्तरको जित हो । चुनावको प्रमुख मुद्दामा युरोपियन युनियनसँगको सम्बन्ध तथा लैंगिक तथा यौनिक अल्पसंख्यक एलजिबिटिक्यूआई समुदायको अधिकार रहेको थियो ।

सोसल कन्जरभेटिभ धारका दुदा सरकारको नेतृत्व गरेको नेशनलिस्ट ल एण्ड जस्टिस (पिआइएस) पार्टीका हुन् भने रफाल वारसका उदारवादी मेयर हुन् । दुदाको जितपछि पोल्याण्डमा न्यायीक व्यवस्थामा विवादास्पद संक्रिण सुधार हुने र समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना बढेको छ । युरोपमा एलजिबिटिक्यूआइको अधिकारका आधारमा पोल्याण्ड सबैभन्दा खराब देशको सूचिमा पर्छ ।

निर्वाचन आयोगले देशभर ६८.२ प्रतिशत मतदान भएको र ९९ प्रतिशत मतगणना सकिएको सोमबार बिहान जानकारी दिएको छ । रफाललाई समर्थन गरेको सिभिक प्लाटफर्म (पिओ) ग्रुपले चुनावमा धाँधली भएको हुन सक्ने आशंकामा सूचनाहरु संकलन गरिरहेको समाचार संस्था रोयर्टसलाई बताएको छ ।

समाचार शेयर गर्नुहोस्
596
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.