निकिशामाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

निकिशामाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं (पहिचान) मंसिर ४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी निकिशा श्रेष्ठमाथि दुरव्यवहार भएको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । सामाजिक संजाल टिकटकमा दुर्व्यवाहार भएको भिडियो अपलोड गर्ने तीन जना भक्तपुरबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको साइबर ब्युरो र महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोरलाई पक्रेको जनाएको छ । प्नहरीका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।

हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको साईवर ब्युरोका उपनिर्देशक एसपी पशुपति रायले पहिचानलाई जानकारी दिए ।

जेम्सले युट्यूबमा पोस्ट गरेको भिडियोलाई लिएर विवाद

काठमाडौंमा तेस्रोलिंगी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरी मुख्यालयले निर्देशन दिए लगत्तै निकिशामाथि दुर्व्यवाहार भएको भिडियो अपलोड गर्ने र भिडियो खिच्नेलाई प्रहरीले पक्रेको हो । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

https://www.youtube.com/watch?v=fWFbgkh9Cho&t=331s

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.